Tuesday 17th March 2026

नेपाली दूतावास कुवेतले भोली देखी विद्युतीय राहदानी वितरण सुरु गर्ने


तितोपाटी- नेपाली दूतावास कुवेतले विद्युतीय राहदानी (ईपासपोर्ट) भोली देखी सुरु गर्ने जनाएको छ ।

नेपाली श्रमिक लगायत व्यावसायिकहरुले भोलीबाट कुवेत स्थित नेपाली राजदूतावासबाट नयाँ विद्युतीय पासपोर्ट ई-पासपोर्ट लिन सक्ने दूतावासले जनाएको छ ।

कुवेतमा एक लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा आवद्ध भएको परिप्रेक्ष्यमा विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट भोली २० फेब्रुअरी देखी शुरुवात गर्ने नेपाली दूतावास कुवेतले जनाएको छ ।

आइतबारदेखि विद्युतीय राहदानीको लागि नेपाली राजदूतावास, कुवेतले बुकिङ्ग खुला गरेको बिज्ञप्ति जारी गर्दै भिडलाई मध्यनजर गरी अति अवस्यकताले मात्रै राहदानी नवीकरण गर्नको लागी आग्रिमरूपमा समय लिएर दूतावासबाट अपोइन्टमेन्ट लिएर मात्रै आउन अनुरोध गरेको छ।


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री सुशीला कार्कीले गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्मालाई बधाई तथा शुभकामना व्यक्त गरेकी छन् ।…

काठमाडौं। दलहरुले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझएका छन्। समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएका ६ राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका हुन्।…

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ ग्लोबल कन्फ्रेन्स तथा अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित सोल्टी होटलमा सुरु भएको छ। परराष्ट्रमन्त्री…

प्रतिकृयाहरू
...