Tuesday 13th January 2026

नेपाली दूतावास कुवेतले भोली देखी विद्युतीय राहदानी वितरण सुरु गर्ने


तितोपाटी- नेपाली दूतावास कुवेतले विद्युतीय राहदानी (ईपासपोर्ट) भोली देखी सुरु गर्ने जनाएको छ ।

नेपाली श्रमिक लगायत व्यावसायिकहरुले भोलीबाट कुवेत स्थित नेपाली राजदूतावासबाट नयाँ विद्युतीय पासपोर्ट ई-पासपोर्ट लिन सक्ने दूतावासले जनाएको छ ।

कुवेतमा एक लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा आवद्ध भएको परिप्रेक्ष्यमा विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट भोली २० फेब्रुअरी देखी शुरुवात गर्ने नेपाली दूतावास कुवेतले जनाएको छ ।

आइतबारदेखि विद्युतीय राहदानीको लागि नेपाली राजदूतावास, कुवेतले बुकिङ्ग खुला गरेको बिज्ञप्ति जारी गर्दै भिडलाई मध्यनजर गरी अति अवस्यकताले मात्रै राहदानी नवीकरण गर्नको लागी आग्रिमरूपमा समय लिएर दूतावासबाट अपोइन्टमेन्ट लिएर मात्रै आउन अनुरोध गरेको छ।


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सनको आधिकारिक ब्यान्ड नेप्टोन ब्यान्ड (NepTone Band) को नयाँ गीत “अल्झेछु म” सार्वजनिक भएको छ। राज मल्लको निर्देशनमा तयार…

बुल्गेरियाका रहस्यमय दृष्टिविहीन बाबा वांगाले सुनको दरको बारेमा गरेको भविष्यवाणी पछि, नयाँ वर्षको अर्को भविष्यवाणी सत्य हुने संघारमा देखिन्छ। बाबा…

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

प्रतिकृयाहरू
...