Thursday 22nd January 2026

प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीको भेट- पर्ख र हेरको नीतिमा एमाले


एमसीसीका बारेमा  सत्ता गठबन्धनमा सहमति वा कुनै निर्णय हुन नसकेपछि कांग्रेस सभापति एबम प्रधानमन्त्री  शेरबहादुर देउवाले बिहिबार पत्नी आरजु राणा सहित  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निबास बालकोट पुगेका छन । बिहीबार  भएको प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष् ओलीको  भेटवार्तापछि एमाले तत्काल प्रतिक्रियाविहीन भएको छ ।

शुक्रबार फेरि सत्ता गठबन्धनको बैठक रहेको अवस्थामा त्यसमा कस्तो छलफल हुन्छ र कस्तो प्रतिक्रिया आउँछ भनेर त्यसलाई मध्यनजर गर्ने एमालेको नीति रहेको  छ । सो अवसरमा प्रधानमंत्री देउवा र एमाले अध्यक्ष ओली बीच  वर्तमान राजनीतिक अवस्था र अमेरिकी अनुदान सहयोग एमसिसीका बारेमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ ।

सत्ता गठबन्धनका कांग्रेस खुलेर एमसीसीको पक्षमा रहेको छ भने माओबादी केन्द्र, एकीकृत समाजबादी, जनमोर्चा खुलेरै बिरोधमा छन भने जसपाका बाबुराम भट्टराई खुलेर समर्थन गरेका छन ।


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...