Wednesday 28th January 2026

ब्राजिलमा बाढीको कारण कम्तिमा ४४ जनाको मृत्यु


ब्राजिलको रियो दि जेनेरियो राज्यको पेट्रोपोलिसमा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा ४४ जनाको मृत्यु भएको छ । व्यापक वर्षाका कारण सडकहरू नै खोलामा परिणत भएपछि हजारौँ मानिसहरू प्रभावित भएको अधिकारीहरूले बुधबार बताएका छन् । स्थिति भयावह भएपछि पेट्रोपोलिस स्थित नगरपालिकाले पेट्रोपोलिसमा सार्वजनिक विपत्तिको घोषणा गरेको छ।

रियो दि जेनेरियो फायर एण्ड सिभिल डिफेन्स डिपार्टमेन्टको पछिल्लो रिपोर्ट अनुसार कति जना बेपत्ता छन् भन्ने थाहा छैन । मंगलबार आएको भीषण आँधीले सहरमा तीन घण्टामा २५८ मिलिमिटर (१० इन्च) पानी परेको थियो । यो अघिल्लो महिनाको सबै वर्षा बराबर हो ।

बाढी तथा डुबानका कारण करिब ८० घर क्षतिग्रस्त भएका र लगभग ३०० जनालाई प्रायजसो विद्यालयहरूमा आश्रय दिइएको बताइएको छ ।

रियो दि जेनेरियो राज्यका गभर्नर क्लाउडियो क्यास्ट्रोले पेट्रोपोलिसको यात्रा गरे र घोषणा गरे कि अन्य शहरहरूका अग्नि नियन्त्रकहरू र सार्वजनिक कर्मचारीहरूले भारी वर्षाको प्रभावलाई सामना गर्न मद्दत गर्नेछन्।

हाल रुसको भ्रमणमा रहेका ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले ट्वीट गर्दै आफूले मन्त्रीहरूसँग कुरा गरेको र पीडितहरूलाई “तत्काल सहायता” पठाउन आग्रह गरेका छन्।

यस महिनाको सुरुतिर पनि मुसलधारे वर्षाका कारण बाढी र पहिरो जाँदा दक्षिणपूर्वी ब्राजिलमा कम्तीमा २४ जनाको मृत्यु भएको थियो ।


सम्बन्धित शीर्षकहरु

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

प्रतिकृयाहरू
...