Tuesday 24th February 2026

ब्राजिलमा बाढीको कारण कम्तिमा ४४ जनाको मृत्यु


ब्राजिलको रियो दि जेनेरियो राज्यको पेट्रोपोलिसमा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा ४४ जनाको मृत्यु भएको छ । व्यापक वर्षाका कारण सडकहरू नै खोलामा परिणत भएपछि हजारौँ मानिसहरू प्रभावित भएको अधिकारीहरूले बुधबार बताएका छन् । स्थिति भयावह भएपछि पेट्रोपोलिस स्थित नगरपालिकाले पेट्रोपोलिसमा सार्वजनिक विपत्तिको घोषणा गरेको छ।

रियो दि जेनेरियो फायर एण्ड सिभिल डिफेन्स डिपार्टमेन्टको पछिल्लो रिपोर्ट अनुसार कति जना बेपत्ता छन् भन्ने थाहा छैन । मंगलबार आएको भीषण आँधीले सहरमा तीन घण्टामा २५८ मिलिमिटर (१० इन्च) पानी परेको थियो । यो अघिल्लो महिनाको सबै वर्षा बराबर हो ।

बाढी तथा डुबानका कारण करिब ८० घर क्षतिग्रस्त भएका र लगभग ३०० जनालाई प्रायजसो विद्यालयहरूमा आश्रय दिइएको बताइएको छ ।

रियो दि जेनेरियो राज्यका गभर्नर क्लाउडियो क्यास्ट्रोले पेट्रोपोलिसको यात्रा गरे र घोषणा गरे कि अन्य शहरहरूका अग्नि नियन्त्रकहरू र सार्वजनिक कर्मचारीहरूले भारी वर्षाको प्रभावलाई सामना गर्न मद्दत गर्नेछन्।

हाल रुसको भ्रमणमा रहेका ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले ट्वीट गर्दै आफूले मन्त्रीहरूसँग कुरा गरेको र पीडितहरूलाई “तत्काल सहायता” पठाउन आग्रह गरेका छन्।

यस महिनाको सुरुतिर पनि मुसलधारे वर्षाका कारण बाढी र पहिरो जाँदा दक्षिणपूर्वी ब्राजिलमा कम्तीमा २४ जनाको मृत्यु भएको थियो ।


सम्बन्धित शीर्षकहरु

आइतबार बिहान युक्रेनको राजधानी **किभ**मा शक्तिशाली विस्फोटहरूको श्रृंखला सुन्निएको छ। अधिकारीहरूले रूसले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको चेतावनी दिएका छन्। यो…

काबुल/इस्लामाबाद — अफगानिस्तानमा सत्तारूढ तालिबान सरकारले पाकिस्तानले सीमा उल्लङ्घन गर्दै गरेको हवाई आक्रमणमा महिला र बालबालिका सहित दर्जनौं सर्वसाधारण मारिएको…

अदालतले ट्रम्पले प्रयोग गरेको आपतकालीन कानुन (IEEPA)अन्तर्गतको कर अवैध भन्यो, तर अन्य कानुन प्रयोग गरेर कर लगाउन सक्ने ढोका खुला…

प्रतिकृयाहरू
...