Tuesday 24th March 2026

पाकिस्तानमा कुरानको अपमान गरेको भन्दै सामुहिक रूपमा ढुंगाले हानेर एक व्यक्तिको हत्या


पाकिस्तानमा कुरानको अपमान गरेको भन्दै एक व्यक्तिलाई ढुंगाले हानेर हत्या गरिएको छ । पन्जावको खानेवाल जिल्लाको एक गाउँमा एउटा समूहले उनको पाशविक हत्या गरेको हो ।

एक जना मानिसले कुरानका पेजहरु च्यातेको र आगो लगाएको भन्ने हल्ला चलेपछि मघरिब प्रार्थनापछि सयौं स्थानीय जंगल डेरा गाउँमा भेला भएर उक्त व्यक्तिलाइ ढुंगा प्रहार गरि मारिएको हो । हत्या गरिसके लगत्तै केही समयपछि उक्त व्यक्तिको शव रुखमा झुन्डाइएको थियो ।

पाकिस्तानी समाचार संस्था डनका अनुसार ती व्यक्तिले आफूले निर्दोष भएको बताएका थिए, तर कसैले सुनेनन् । ती व्यक्तिलाई ढुंगा प्रहार गर्नुअघि प्रहरीको एउटा समूह घटनास्थल पुगेको थियो । प्रहरीले तत्काल ती व्यक्तिलाई नियन्त्रणमा लिएको थियो तर एउटा भिडले उनलाई प्रहरीबाट लक्षारेर आफ्नो नियन्त्रणमा लिएको थियो ।

पाकिस्तानमा कुरान निन्दाको आरोपमा समूहले व्यक्तिलाई हत्या गरेको यो पहिलो घटना भने होइन । डिसेम्बरको सुरुमा पनि कुरानको निन्दा गरेको आरोपमा एउटा समूहले कुटेर श्रीलंकाका एक व्यक्तिको हत्या गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

साउदी अरेबियाको कडा चेतावनी र इरानसँगको द्वन्द्वको सम्भावना खाडी क्षेत्रको भूराजनीतिक परिदृश्यमा एक नयाँ मोड आएको छ।   साउदी अरेबियाका…

प्रतिकृयाहरू
...