Tuesday 23rd December 2025

सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा खड्का चयन


तीतोपाटी, काठमाडाैं – ‘आपसी सहयोग र सद्भाव सिन्धुपाल्चोकबासी मिलनको आधा’ नारा लिएर २०१४ मा कोरियामा रहेका सिन्धुपाल्चोकबासी मिलेर स्थापना भएको सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको चौथो अधिवेशन सम्पन्न भएको छ ।

सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको चौथो अधिवेशन कोरोनाको महामारीलाई मध्यनजर गर्दै भर्चुअल माध्यम जुम र फेन्थेकमा प्रत्यक्ष उपस्थित भएर सम्पन्न गरिएको हो ।

अधिवेशनबाट समाजको अध्यक्षमा उत्सव खड्का, वरिष्ठ उपाध्यक्षमा बेदनाथ आचार्य र सचिवमा विशाल श्रेष्ठलाई सर्वसम्मत चयन गरिएको छ ।

निवर्तमान अध्यक्ष नविन श्रेष्ठको अध्यक्षतामा भर्चुअल माध्यम र प्रत्यक्ष उपस्थितिमा आयोजित उक्त कार्यक्रममा कोरियाका लागि नेपाली कार्यबाहक राजदूत रामसिंह थापाको प्रमुख आथित्यता रहेको थियो ।

यस्तै, अधिवेशनले सहसचिवमा प्रवन पराजुली र निमा शेर्पा, कोषाध्यक्षमा नवराज पाण्डे र सहकोषाध्यक्षमा सुरज श्रेष्ठलाई चयन गरिएको छ ।

सदस्यहरूमा जयराम कोइराला, गोपाल पौडेल, उद्दव नेपाल, वर्षा तामाङ, उर्मिला सिङ्, कार्साङ तामाङ र दोर्जे शेर्पा छन् ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष नवराज पाण्डेले आर्थिक प्रतिवेदन पेश गरेका थिए । सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले विशुद्ध नेपाल तथा कोरियामा सामाजिक कार्य गर्दै आएको छ।

समाजले कोरिया र नेपालमा हुने हरेक सामाजिक गतिविधिमा सक्रिय रूमा सहकार्य र समन्वय गर्दै आएको छ । यस्तै, कोरियामा आपतमा परेका नेपालीलाई पनि सहयोग गर्दै आएको छ ।


सम्बन्धित शीर्षकहरु

ढाका, बंगलादेश (एपी) - बंगलादेशमा गत वर्षको राजनीतिक विद्रोहमा एक प्रमुख कार्यकर्ताको मृत्यु भएपछि बिहीबार राति क्रोधित प्रदर्शनकारीहरूले बंगलादेशका दुई…

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

प्रतिकृयाहरू
...