Friday 21st June 2024

३७ करोड ६४ लाखभन्दा बढी विदेशी मुद्रा विनिमय गरेको आरोपमा ४ जना पक्राउ


तीतोपाटी – ३७ करोड ६४ लाख ११ हजार १ सय विदेशी मुद्रा विनिमय गरेको अभियोगमा ४ जना पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागको अनुसन्धानका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरूमा कैलालीका दिनेश खड्का, उनकीे दिदी भगवती खड्का, बुवा नरबहादुर खड्का र दिनेशकी प्रेमिका अनिता धिताल रहेका छन् ।

पक्राउ परेका व्यक्तिहरूले इ–स्क्रिल, बिनान्समार्फत रकम लोड तथा अनलोड गरी अमेरिकी डलर सटही गर्ने गरेका थिए । उनीहरूमाथि सामूहिक रुपमा मिलेमतो गरी मोबाइल एप्स इ–स्क्रिल तथा बिनान्स प्रयोग गरी विदेशी विनिमय अमेरिकी डलरसम्बन्धी कसुर गरेको अभियोग लगाइएको छ ।

राजस्व अनुसन्धान विभागले दिनेश खड्काको ग्लोवल बैंकसमेतबाट रु. ९ करोड ७९ लाख ९८ हजार ५८१ रुपैयाँ ७७ पैसा, अनिता धितालको लक्ष्मी बैंक समेतबाट ५ पाँच करोड ७७ लाख ६ हजार ८२६ रुपैयाँ ५१ पैसा जफत गरेको छ ।

त्यसैगरी, भगवती खड्काको एनआइसी एसिया बैंकसमेतबाट २० करोड ४२ लाख ९४ हजार ५२६ र नरबहादुर खड्काको ग्लोबल आइएमई बैंकबाट १ करोड ६४ लाख ११ हजार १६६ रुपैयाँ ३५ पैसासमेत जफत गरिएको छ ।

उनीहरूको साथबाट नेपाली रूपैयाँ ३७ करोड ६४ लाख ११ हजार १०० (३१ लाख ३७ हजार ८९६ अमेरिकी डलर ७९ सेन्ट ) जफत गरिएको हो ।

पक्राउ परेका चारजना विरूद्व काठमाडौं जिल्ला अदालतमा कविदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ सम्बन्धी मुद्दा दायर गरिएको छ ।

यस्तो छ विज्ञप्ति :

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

राजस्व अनुसन्धान विभाग

हरिहरभवन,पुल्चोक

ललितपुर

प्रेस विज्ञप्‍ति

मितिः- २०७८।१०।११

राजस्व अनुसन्धान विभागबाट निम्न विवरण सहितको विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ सम्बन्धी मुद्दा काठमाडौं जिल्ला अदालतमा मिति २०७८।१०।१० मा दायर गरिएको छ।

१. अभियुक्तको विवरणः

· कैलालि लम्किचुवा १० स्थायी ठेगाना भई हाल काठमाडौं कालोपुल गुरुङ्टोलमा बस्ने दिनेश खड्का, दिनेश खड्काको दिदी प्रतिवादी भगवती खड्का तथा वुवा प्रतिवादी नर वहादुर खड्का र दिनेश खड्काको केटी साथी अनिता धिताल

२. कसुरको संक्षिप्‍त विवरणः प्रतिवादी दिनेश खड्का, प्रतिवादी दिनेश खड्काको दिदी प्रतिवादी भगवती खड्का तथा वुवा प्रतिवादी नर वहादुर खड्काको बयान, विभिन्न वैकका वैक स्टेटमेन्टहरु, वरामदित मोवाइलमा प्राप्त मिसिल संलग्न डाटाहरुलगायत कल डिटेल विवरण समेतका मिसिल संलग्न प्रमाणबाट प्रतिवादी दिनेश खड्का समेतका विरुद्ध खण्डमा उल्लेखित प्रतिवादीहरूले सामूहिक रुपमा मिलिमतो गरी मोबाइल एप्स e-Skrill तथा Binance प्रयोग गरि विदेशि विनिमय अमेरिकी डलर सम्बन्धि कसुर गरेको तथा उनको दिदी भगवती खड्का, वुवा नरवहादुर खड्का र उनको केटी साथी अनिता धिताल समेत यो कार्यमा संलग्न रहि सामूहिक रुपमा काठमाडौको कालोपुल समेतमा डलरको अनलाइन मार्फत अवैध रुपमा कारोबार गरेको कसुरजन्य कार्य।

३. कायम भएको विगो र सजायको मागदाविः प्रतिवादी दिनेश खड्काले e–skrill, Binance मार्फत रकम लोड तथा अनलोड गरी अमेरिकी डलर सटही गरी प्रतिवादी दिनेश खड्काको ग्लोवल बैंकसमेतबाट रु. ९,७९,९८,५८१।७७ (नौ करोड उनान्असी लाख अन्ठानब्वे हजार पाँचसय एकासी र पैसा सतहत्तर) अनिता धितालको लक्ष्मी बैंक समेतबाट रु.५,७७,०६,८२६।५१ (अक्षरुपी पाँच करोड सतहत्तर लाख छहजार आठसय छब्बिस र पैसा एकाउन्न) भगवती खड्काको एन. आई. सि. एशिया बैंक समेतबाट रु.२०,४२,९४,५२६।- (अक्षरुपी बीस करोड बयालिस लाख चौरानब्बे हजार पाँच सय छब्बिस) नर बहादुर खड्काको ग्लोवल आई. एम.ई. बैंकबाट रु.१,६४,१११,६६।३५ (एक करोड चौसठ्ठी लाख एघार हजार एक सय छैसठ्ठी र पैसा पैतिस) गरी कुल विगो रु.३७,६४,११,१००।- (अक्षरुपी सैतिस करोड चौसठ्ठी लाख एघार हजार एक सय) को नेपाल राष्ट्र बैंकको मिति २०७८।०९।११ को सूचना अनुसार १ अमेरिकी डलरको रु.१२०.३४ को कुल विगो रु.३७,६४,११,१००।- (अक्षरुपी सैतिस करोड चौसठ्ठी लाख एघार हजार एक सय) को हुन आउने अमेरिकी डलर ३१,२७, ८९६।७९ (एकतीस लाख सत्ताईस हजार आठसय छयानब्बे सेन्ट उनान्असी) रकम यी प्रतिवादी दिनेश खड्का समेतले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ को उपदफा (१), दफा ४ को उपदफा (१), दफा ५ को उपदफा (१) र दफा १२ बमोजिम नेपाल राष्ट्र बैंकको मिति २०७४/०४/२९, २०७५/१२/२६ र २०७८/०५/२४ को सूचना समेतले निषेधित कसूर गरेको पुष्टि हुन आएकोले निज प्रतिवादी दिनेश खड्कालाई सोही ऐनको दफा १७ को उपदफा (१) बमोजिम बिगो जफत गरी सजाय हुन र दफा १७ को उपदफा (९) बमोजिम तीन वर्षसम्मको कैद सजायको मागदावी लिइएको ।

सूचना अधिकारी

राजस्व अनुसन्धान विभाग


सम्बन्धित शीर्षकहरु

साउदी अरेबियाको मक्कामा जुन १२ देखि जुन १९ सम्म गर्मीका कारण ५७७ हज यात्रीको मृत्यु भएको छ । गत वर्ष…

एस्टोनियाका साहिल चौहानले टी–२० अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा चाँडो शतक बनाउने नयाँ कीर्तिमान बनाएका छन् । सोमबार साइप्रसविरुद्धको खेलमा मात्र २७…

दक्षिणी इटालीको तटमा दुईवटा जहाज दुर्घटना हुँदा कम्तिमा १७ जनाको मृत्यु भएको छ र करिब ६० जना बेपत्ता भएका छन्…

प्रतिकृयाहरू
...