Tuesday 20th January 2026

कोरोना बढेपछि काठमाडाैं उपत्यकामा चल्ने सवारीमा फेरि जोरबिजोर प्रणाली लागु


कोरोना संक्रमण ह्वात्तै बढेपछि उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक तथा निजी सवारीसाधनमा जोरबिजोर प्रणाली लागूको निर्णय गरेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले शुक्रबार रातिदेखि लागू हुने गरी अनिश्चितकालका लागि जोरबिजोर प्रणाली लागू गरेको हो ।

त्यस्तै, बस चलाउनुअघि नियमित रूपमा निसंक्रमित गर्नुपर्ने निर्णय पनि भएको छ । सार्वजनिक सवारीसाधनमा मास्क नलगाएका यात्रुलाई प्रवेश नदिने गरी त्यसको कडाइका साथ कार्यान्वयन गर्न सुरक्षा निकायलाई निर्देशन दिइएको छ । सार्वजनिक सवारीमा सिट क्षमताभन्दा बढीलाई राख्न पाइने छैन । लामो दूरीका सवारीसाधनले बीचमा गाडी रोकेर यात्रु चढाउन पाउने छैनन् । लामो दूरीका सवारीमा यात्रा गर्नेको सम्भव भएसम्म एन्टिजेन परीक्षणको व्यवस्था मिलाउन भनिएको छ । अत्यावश्यक सेवाका सवारी भने निर्बाध रूपमा सञ्चालन गर्न दिइनेछ ।

जारी अादेश जस्ताको तस्तैः


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...