Monday 28th September 2026

विदेशबाट नेपाल आउँदा अनिवार्य १० दिन होम क्वारेन्टिन


अब विदेशबाट नेपाल आउँदा अनिवार्य १० दिन होम क्वारेन्टिन बस्नुपर्ने,

तीताेपाटी – कोरोना महामारीको बढ्दो प्रकोपकाबीच विदेशबाट नेपाल आउनेका हकमा नयाँ ‘ट्राभल एडभाइजरी’ जारी भएको छ । नयाँ नियम अनुसार अब विदेशबाट नेपाल आउँद दश दिन अनिवार्य होम क्वारेन्टिन बस्नुपर्नेछ ।

पूर्ण खोप लगाएको १४ दिन पुगेपछि यात्रा गर्ने नेपाली नागरिक, कूटनीति वा अफिसियल पासपोर्ट बाहक, आवासिय भिषा प्राप्त विदेशी नागरिकका हकमा १० दिन होम क्वारेन्टिन बस्नुपर्ने नियम लागू भएको छ । पूर्ण खोप नलगाएका, लगाएकाहरुको पनि १४ दिन नपुगेकाहरुको हकमा नेपालको प्रवेश विन्दुमा अनिवार्य एन्टिजेन परिक्षण गरिनेछ ।

उनीहरूको कोरोना रिपोर्ट नेगेटिभ आएमा १० दिन होम क्वारेन्टिनमा बस्नेगरि पठाइने जनाइएको छ । त्यस्तै, कोरोना रिपोर्ट पोजेटिभ आएमा संस्थागत आइसोलेसनमा पठाउने गरी ट्राभल एड्भाइजरी जारी गरिएको छ ।

नेपाल आउँदा हवाई यात्रा गर्दा ७२ घण्टाभित्रको पीसीआर परिक्षणको रिपोर्ट नेगेटिभ हुनुपर्ने, अनिवार्य रूपमा कोरोनाबाट बच्ने मापदण्ड पालना गर्नु पर्ने छ ।

कोभिड संकट व्यवस्थापन केन्द्र सीसीएमसी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगै परराष्ट्र मन्त्रालयले समेत विदेशबाट गरिने नेपाल यात्रामा केही कडाई गरिएपनि प्रतिबन्धात्मक व्यवस्थाहरु लागू भैनसकेको जानकारी दिएका छन् ।

मन्त्रिपरिषद्को निर्णय अनुसार भन्दै केही समय अघि अध्यागमन विभागले ओमोक्रोनको भेरियन्ट फैलिएका ६७ देशबाट नेपाल आउनेहरुलाई ७ दिन अनिवार्य होटल क्वारेन्टिनको सूचना जारी गरेर २४ घण्टा नपुग्दै फिर्ता लिएको थियो ।

अर्को सूचना जारी नहुँदासम्मका लागि अनिवार्य क्वारेन्टिनको नियम स्थगन भनिएकोमा त्यसपछि अहिलेसम्म कुनै सूचना प्रकाशित भएको छैन ।

हङकङ, दक्षिण अफ्रिका, नामिविया लगायतका ९ देशमाथीको यात्रा प्रतिबन्ध भने यथावत राखिएको छ । नेपालमा कोरोना महामारीले तिब्रता पाइरहेपनि अहिलेसम्म विदेशबाट आउने यात्रुहरूमाथी प्रतिबन्ध भने लगाइएको छैन ।


सम्बन्धित शीर्षकहरु

युक्रेनले ‘अपरेसन भिभाल्दी’ अन्तर्गत ठूलो ड्रोन प्रयोग गरेर विस्फोटक बोकेको ह्राइफोन (Hryphon) नामक भूमिगत रोबोट रूसी नियन्त्रण क्षेत्रभित्र १० किलोमिटरभन्दा…

भारतको उत्तर प्रदेशमा लगातारको भारी वर्षाका कारण कम्तीमा ५६ जनाको मृत्यु भएको छ। पछिल्लो तीन दिनमा आएको वर्षा र आँधीका…

दक्षिण–पश्चिम यमनको ताइज क्षेत्रमा भएको साउदी हवाई आक्रमणमा ७ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्। इरान…

प्रतिकृयाहरू
...