Sunday 27th September 2026

सविता के. सी. को गजल संग्रह -६


त्यो भाग अनि म गुणा गर्दै थिएँ ।
भित्र-भित्रै दिल जलाइ मर्दै थिएँ ।

चिरा-चिरा हुँदै थियो अंशबण्डा ,
म भने बलेसी नजिक सर्दै थिएँ ।

अमिन नाप्दै थियो जिउनी भाग ,
फूलहरुबाट शीत बनी झर्दै थिएँ ।

कति बेला के भनी बर्बराएछु म ,
अब बाँच्छ भन्दा श्वास भर्दै थिएँ ।

बन्न पुगेछु आज जिउँदो लास झैँ ,
डराएर नै आफ्नो सीमा तर्दै थिएँ ।

… ✍️ सविता के.सी.


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा शनिबार भएको आत्मघाती बम विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने…

ग्रिसको राजधानी एथेन्सको पर्यटकीय क्षेत्र प्लाकामा भएको शक्तिशाली विस्फोटमा ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चार अमेरिकी पर्यटक र…

लगातारको वर्षा र पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। सडक विभागका अनुसार पूर्वपश्चिम राजमार्गको भाइरलडाँडामा सडक…

प्रतिकृयाहरू
...