Friday 2nd October 2026

दिल्ली पछि कर्नाटकमा पनि सप्ताहन्तका २ दिन कर्फ्यू


भारतको राजधानी शहर दिल्लीमा सप्ताहन्तका २ दिन कर्फ्यू लगाउने निर्णय गरिएसँगै दक्षिणी राज्य कर्नाटकमा पनि सप्ताहान्तमा कर्फ्यू लगाइने भएको छ । कोभिड सङ्क्रमितको सङ्ख्या बढेसँगै कर्नाटकमा सप्ताहान्तमा कर्फ्यू घोषणा गरिएको हो ।

कर्नाटकमा मंगलबार एकै दिन दुई हजार ५३ जनामा सङ्क्रमण देखिएको थियो । तीमध्ये १४९ जनामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको थियो । कर्फ्यू शुक्रबार राति ११ बजेदेखि सोमबार बिहान ५ बजेसम्म जारी हुनेछ । कर्नाटकमा अहिले पनि रात्रिकालीन कर्फ्यू भने यथावत् नै छ ।

कर्फ्यूको समयमा सार्वजनिक यातायात, होटललगायत अत्यावश्यक सेवा भने सञ्चालन हुने कर्नाटक सरकारले जनाएको छ । यसअघि उत्तर प्रदेश र राजधानी दिल्लीमा पनि रात्रिकालीन कर्फ्यू लगाइएको थियो । तर, सङ्क्रमण झन् बढेपछि मंगलबार दिल्ली सरकारले सप्ताहान्तमा कर्फ्यू लगाइने घोषणा गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

सुडानको सेनाले उत्तर कोर्डोफान राज्यको अल–माजरुब क्षेत्र आफ्नो नियन्त्रणमा लिएको जनाएको छ। सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच भएको…

यमनमा बढ्दो द्वन्द्व र विस्थापनका कारण भोकमरी संकट गहिरिएको छ। संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (WFP) का अनुसार सरकारको नियन्त्रणमा…

ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा (लुला) चौथो कार्यकालका लागि फेरि राष्ट्रपतिको चुनावमा प्रतिस्पर्धा गर्दै छन्। ८० वर्ष…

प्रतिकृयाहरू
...