Friday 23rd January 2026

कुवेतमा भारी वर्षा, अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन गृह मन्त्रालयको अनुरोध


तीतोपाटी – मध्यपूर्वको देश कुवेतमा शनिबार राती देखि परेको भारी वर्षाका कारण धेरै ठाउँहरूमा पानीको निकास नहुँदा यातायात आवतजावतमा कठिनाइ भएको छ भने अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन गृह मन्त्रालयले नागरिक तथा प्रवासीलाई आग्रह गरेको छ ।

गृह मन्त्रालयले हाल सडकमा रहेका सवारी चालकहरूलाई सावधानी अपनाउन र कहीं कतै अप्ठेरो परेमा सिभिल डिफेन्स अपरेशन वा ट्राफिक विभागको आपतकालीन नम्बर ११२ वा १८०४००० मा फोन गर्न नहिचकिचाउन आह्वान गरेको खबर अरब टाइम्सले प्रकाशित गरेको छ ।

कुवेत ट्राफिकका सूचना विभाग कर्णेल नवाफ हयानले फ्लाईओभरका ५ वटा भूमिगत बाइपास र १५ वटा सडकमा पानी जम्मा भएकाले बन्द गरिएको बताए । गजाली सुरुङ, चौथो चक्रपथको अल मग्रीब एक्सप्रेस टनेल, जासिम अल खराफी रोडमा रहेको जाहरा इन्डस्ट्रियल सुरुङ, जमाल अब्देल नासेर रोड सुरुङ, फहाहिल तटीय सडकको मुंगाफ सुरुङमा पानी जमेको देखिएको छ । ५० जना सवारी चालकबाट उनीहरूको कार डुबेको र बढ्दो पानीले सडक अवरुद्ध भएको रिपोर्ट प्राप्त भएको थियो।

आइतबार देशका अधिकांश स्थानमा मेघ गर्जनसहित मध्यमदेखि उच्च वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मध्यरातसम्म वर्षा हुने र केही स्थानमा कुहिरो लाग्ने सम्भावना क्रमशः कम हुँदै जाने महाशाखाले कुनालाई जनाएको छ ।

हिजो साँझ देखि भएको वर्षाको रेकर्ड अनुसार बिहान १० बजेसम्म कुवेत एयरपोर्ट स्टेसन र सबाह अल-अहमद क्षेत्रमा ३४ मिलिमिटर वर्षा भएको थियो भने देशको उत्तरी भागमा रहेको अव्दली क्षेत्रमा 32 मिमी र अल-जाहरा क्षेत्रमा 28 मिमी रेकर्ड गरिएको छ । देशको पश्चिममा रहेको अल–साल्मी र अल–अदामी क्षेत्रमा २७ मिलिमिटर पानी परेको विभागले जनाएको छ । यसबाहेक, अल-सलमियामा 24 मिमी, कुवेत सिटीमा 22 मिमी, कैफानमा 21.3 मिमी, अल-जब्रियामा 16.5 मिमी, अल-राबिया 23.85 र अल-नुवाइसिबमा 12.8 मिमी रेकर्ड गरिएको छ।


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केट कुवेतले बेलायतको कृषि तथा बागवानी विकास बोर्ड (AHDB) र व्यापार तथा व्यापार विभाग (DBT) सँगको सहकार्यमा सुरु गरिएको…

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

प्रतिकृयाहरू
...