Saturday 26th September 2026

“चिसो बढेपछि”


“चिसो बढेपछि”

याद आउछ घरिघरि चिसो बढेपछि ।
कुरा खेल्छन् अनेक थरि चिसो बढेपछि ।।

रहरै रहरमा हो तिमिलाई अंगालेको।
भन्लान् गरेछ मनपरि चिसो बढेपछि ।।

हामी छौ चार किल्लाको दरवार भित्र ।
पढौ मायाको बाह्यखरि चिसो बढेपछि ।।

मायाप्रेम भुकम्प हो सुनामी पनि हो।
उर्लन्छ सागरको छाल सरि चिसो बढेछ ।।

कोही छ‌ैन साथ दिने यो असल यात्रीको।
आएहुन्थ्यो कुनै मञ्जरी चिसो बढेपछि ।।

माधब पौडेल असल यात्री
हाल कुवेत


सम्बन्धित शीर्षकहरु

देशभर लगातार वर्षा भइरहेका कारण बाढी, पहिरो र डुबानको जोखिम बढेको छ। मौसमविद्हरूले आगामी दुई दिन पश्चिमी क्षेत्रमा अझ धेरै…

अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य सडक अवरुद्ध भएका छन्। पृथ्वी राजमार्ग, मुग्लिन–नारायणगढ सडक, कान्ति लोकपथ…

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

प्रतिकृयाहरू
...