Wednesday 18th March 2026

विदेशमा बस्ने नेपालीले नेपालमा डलर खाता खोल्न पाउने


तीतोपाटी,काठमाडौं – गैह्र आवासिय नेपालीहरु र संघ-संस्थाहरुले नेपालमा ५ हजार अमेरिकी डलर बराबरको विदेशी मुद्रा बचत गर्ने गरि खाता खोल्न र सञ्चालन गर्न पाउने भएका छन् ।

परराष्ट्र मन्त्रालयको नीति, योजना, विकास, कुटनीति तथा विदेशमा रहेका नेपालीसम्बन्धीत महाशाखाले विदशस्थित सबै नेपाली नियोग, गैह्र आवासिय नेपाली संघ सचिवालय बालुवाटारलाई पत्राचार गर्दै यस्तो निर्णयबारे जानकारी गराएको हो । परराष्ट्रको निर्णयलाई अर्थमन्त्रालय र राष्ट्र बैंकले अनुमोदन गरेको हो । अब गैह्र आवासीय नेपाली र नेपालीबाट प्रवद्धित संस्थाले नेपाली बैंकमा सिधै अष्ट्रेलियन डलर, अमेरिकी डलर, युरो, पाउण्ड स्टर्लिङ, जापानीज यन, चिनियाँ युआनमा खाता खोल्न पाउने छन् ।

न्युनतम ५ हजार अमेरिकी डलर वा सो बराबरको बचत जम्मा गर्ने एवंम सो बराबरको बचत बिदेशी मुद्रामै लैजान पाउने जनाइएको छ । पराराष्ट्र निर्णय अनुसार राष्ट्र बैंकले समेत यो व्यवस्था बारे विदेशस्थित कुटनीतिक नियोग र एनआरएनएलाई जानकारी गराईसकेको जानकारी दिइएको छ ।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगारीको शिलशिलामा मध्यपूर्वको देश साउदी अरेविया पुगेका दोलखाका तिलक बहादुर थामी अहिले मृगौला पीडित बनि स्वदेश फर्केका छन् भने…

गोरखा समाज कुवेतले नेपालका मुटुरोगीलाइ नेपाली रूपैयाँ ४२ हजार भन्दा बढी अार्थिक सहयोग गरेको छ । समाजले गोरखाका मुटुरोगी गोपाल…

प्रधानमन्त्री सुशीला कार्कीले गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्मालाई बधाई तथा शुभकामना व्यक्त गरेकी छन् ।…

प्रतिकृयाहरू
...