Tuesday 23rd December 2025

कुवेतमा हराएका श्रीमानको खोजीका लागि गुहार्दै श्रीमती


तीतोपाटी, काठमाडौं – रोजगारीका लागि कुवेत पुगेका बाग्लुङका मनप्रसाद दमाइ तीन बर्ष देखी परिवारसंग सम्पर्क बिहिन छन । बेपत्ता श्रीमानको खोजीका लागि मनकुमारी दमाइ यती बेला काठमाडौं आएकी छन ।

कुवेत गएको १० महिना सम्म श्रीमान घरमा पैसा पठाउने र सम्पर्कमा रहन्थे । मनकुमारी भन्छिन’ श्रीमान एक्कासी सम्पर्क बिहिन भए पछी दैनिकी गुजारा टार्न र छोरो पढाउन घर छोड्नु पर्‍यो । अहिले नवलपुरमा दैनिक ज्यालादारी गर्दै गरेकी मनकुमारी आफ्नो श्रीमानको खोजीमा सहयोग गरिदिन वैदेशिक रोजगार विभाग मार्फत नेपाली राजदूताबास कुवेत र कुवेतमा रहेका सबै नेपालीहरुमा अनुरोध गर्दछिन ।’

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निःशुल्क कानुनी परमर्श सेवा दिदै आएको पिपुल्स फोरममा निबेदन लेखाएर मनकुमारीले वैदशिक रोजगार विभाग बुद्दनगरमा मंगलबार श्रीमान खोजी गरिदिन अनुरोध सहित निवेदन दर्ता गराएकी छन । विभागले ईमेल मार्फत पररास्ट्र मन्त्रालयको काउन्सिलर विभागमा उक्त अनुरोध पत्र पठाउने छ भने काउन्सिलर विभागले राजदूताबासलाई खोजीका लागि अनुरोध गर्ने छ ।

फोटोमा देखिएका मनप्रसाद दमाइलाई कोही कसैले कुवेतमा देख्नु, भेट्नु वा चिन्नु भएको भए मनकुमारी दमाइ सम्पर्क नं- +९७७९८०५१३६३६२ वा नेपाली दुतावासमा सम्पर्क गरिदिन मनकुमारीले अनुरोध गरेकी छिन ।


सम्बन्धित शीर्षकहरु

गत वर्ष, इजरायलसँगको युद्धको परिणामस्वरूप आकार घटाइएका कारण तेहरानले आफ्नो सेना पुनर्स्थापना प्रदान गर्न हिज्बुल्लाहलाई सयौं मिलियन डलर स्थानान्तरण गरेको…

गीतकार जावेद अख्तर र मौलाना मुफ्ती शमील नदवी बीचको युट्युब च्यानलमा भएको बहसले सामाजिक सञ्जालमा व्यापक छलफल सिर्जना गरिरहेको छ।…

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार युक्रेनमा युद्ध अन्त्य गर्ने वार्तामा पश्चिमा र कीभको कोर्टमा रहेको बताएका छन्। उनले मस्कोको हालैको…

प्रतिकृयाहरू
...