Friday 19th April 2024

चोलेन्द्र सम्शेर राणाद्वारा राष्ट्र र नेपाली जनताको पक्षमा गरिएका विशेष तीन फैसलाहरु:


डा. अम्बरिश पोख्रेल- देश भक्त नेपालीहरुले चेलेन्द्र शम्सेर राणाका निम्न फैसलाहरु आगामी दशकौ दशक सम्म सम्झिरहने कारणहरु, कम्तीमा आजको मितिसम्म निम्न तीन प्रकारका छन्:

(क) चुरे पहाड तथा महाभारत पर्वतको गिट्टी बालुवा कौडीको भाउमा भारतलाई बिक्री वितरण गर्न रोक लगाउने निर्देशन।

(ख) सरकारले ठाडो आदेश वा गृहको निर्देशन पत्रको आधारमा धमाधम नागरिकता बाड्दै थियो, उनले यसलाई हिम्मतका साथ रोक्ने निर्देशन ।

ग) ललिता निवासको सम्बन्धमा सुनुवाई सकिएको छ, अब फैसला तयार छ, यही कार्तिक १५ गतेको मिति तोकिएको थियो । लेखी सकिएको छ, सुनाउन मात्र बाकी छ । सो फैसलामा भूपू दुई जना प्रधान मन्त्रीहरु दोषी ठहर गरीएको छ, ताकि उनीहरू पनि सजायका भागी हुँदै थिए । अब फैसला फेर्ने आन्दोलन चल्दै छ ?

२. तपाईं हामीहरूलाई अनेकौं माध्यम मार्फत् सुनियोजित समाचारहरु पढाइयो, लेखाइयो र देखाइयो तर माथिका फैसलाहरुको बारेमा चू_ सम्म कहीं कतै कुनै मिडियाले हाइलाइट गरेनन् ! कारणहरू प्रस्ट छैनन् र अब ?

३. फैसला नं (क) र (ख ) कुन देशसँग सम्बन्धित छन् ? नेपालमा दशकौ दशक देखि ठूलो दबदबा रहेको देशसँग सम्बन्धित, ती दूरगामी महत्वका फैसलाहरुबाट, कति मुर्मुरिएको होला त्यो देश, त्यो देशको विदेश विभाग, त्यो देशको प्रसाशन र दूतावास समेत । कल्पना गर्नुहोस आफै ।

४. आज चुरे पर्वतको विशाल अमूल्य स्रोत रोक्ने देखि लिएर, बिना कुनै प्रमाण हजारौं हजार नेपाल आएका अमूक मानिसहरूलाई नागरिकता बाड्न रोक्ने निर्देशन दिने चोलेन्द्र सम्शेरको आँट सामान्य हो ?

५. देशको निम्ति उनका माथिका दुई निर्देशनहरू गर्ने आँट के तपाईं हामी संग छ ? राष्ट्रको निम्ति के हामी बलि चढ्न तयार छौं ?

६. जहाँसम्म आउने वाला आदेश अर्थात् फैसला (बुँदा नं ग) लेखीई सकिएको छ, जसमा दुई भूपू प्रधान मन्त्रीहरु माथि विस्तृत छानबिन हुने छ । नेपालमा पनि नयाँ नजिर स्थापित हुनेछ । ठूला मान्छेहरू माथि पनि छानबिन तथा कारबाहीको इतिहास रचिने छ, ताकि आउँदा दिनहरुमा, अरु अरु ठूला मानिसहरू माथि पनि छानबिन तथा कारबाहीको भागीदार हुने थियो । त्यही हुन नदिनको लागि अहिले चोलेन्द्र सम्शेर राणाको बिरुद्दमा सुनियोजित तरिकाले चारैतिर बाट आक्रमण भईरहेको कुरामा कुनै शंका रहेको छैन ।

७. संसद्को पुनर्स्थापना पनि संविधानको कुनै धाराबाट भएको होइन। हुन् सक्ने अवस्था थिएन । यूरोपीय युनियन संगको विशेष दबाब अर्थात् सेटिङमा भएको हो, प्रधान न्यायाधीश को बुँदा नं क र ख हेरेर, लाई प्रयोग गरेर । त्यसको पछाडि कुन कुन शक्तिहरू छन् यसै प्रस्ट छ ।

८. अहिले इयुका सदस्य राष्ट्रहरू पनि चोलेन्द्र सम्शेर राणालाई राजीनामा गराउन लागि परेका छन् । तर किन ? कारणहरू यसै प्रस्ट भएनन र ?

९. वार पारको निर्यण, निर्देशन वा फैसला वा परमादेश हान्न सक्ने क्षमता, हिम्मत तथा आँट र विश्वास भएको प्रधान न्यायाधीश चोलेन्द्र सम्शेर राणा, भविष्यमा आफूहरुको निहित स्वार्थ मा समेत अझ धेरै खतरा उत्पन्न गर्न सक्ने क्षमता राख्दछ भन्ने प्रष्टसँग जानेर, बुझेर, व्यहोरेर र महसुस गरेर नै, नेपाल बार एसोसिएसन मार्फत यो सबै हरकर्तहरु गराइएको छ ।

१०. यो र यस्ता प्रकारका समस्याहरू हाम्रो देशमा सयौ छन् । त्यसैले,
कति लेख्नु खोइ ?
कहिले सम्म लेख्नु खोइ ?
के का लागी लेख्नु खोइ ?
कस्को लागि लेख्नु खोइ ?
लेखेर केही सुधार हुन्छ र नेपालमा ?
बोलेर केही सुधार भएको छ र नेपालमा ?
देश त झन् झन् रसातलमा झरिरहेको छ होइन र ?

११. नयाँ नेतृत्व, नयाँ व्यवस्था, नयाँ संस्कार, नयाँ शैली तथा नयाँ प्रकारको अदम्य साहस ले भरिएको वा भरिएका शासकहरु आउन कति दशक लाग्ने हो अझै निश्चित भएको छैन ।

१२. हामी र हाम्रो अग्रजहरु यसैगरी अव्यवस्थामा जकडिन बाध्य भयौं वा बाध्य पारियो वा हामीले नयाँ सुरुवात गर्न सकेनौं । हिम्मत छैन हामीमा । बरु पार्टीका दास भयौं । पार्टीेहरु नेपाली जनताका हितका निम्ति काम गर्ने साधन रहेनन् ।

१३. अब हाम्रो अर्को पुस्ताले (हाम्रा छोरा छोरी हरुले) नयाँ गर्छन् की त ? आशा गर्दछु ।
अस्तु ।
ए. पोख्रेल ।


सम्बन्धित शीर्षकहरु

रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियानका तर्फबाट पीडितलाई क्षतिपूर्तिलगायतको माग राख्दै सिंहदरबारको दक्षिण गेटमा प्रदर्शनका क्रममा १२ जना पक्राउ परेका…

काठमाडौं महानगरपालिकाले महिलाहरुमा हुने स्तन क्यान्सर,पाठेघरको मुखको क्यान्सर तथा प्रजनन् अवस्थाको परीक्षण सुरु गरेको छ । पाठेघरको मुखको क्यान्सर तथा…

एसिसी प्रिमियर कप ट्वान्टी–२० क्रिकेटको सेमिफाइनल खेल नेपालले संयुक्त अरब इमिरेट्स (युएई)सँग खेल्ने भएको छ। ओमानमा जारी प्रिमियर कपमा नेपाल…

प्रतिकृयाहरू
...