Friday 20th March 2026

नेपाली प्रवासी ट्याक्सी व्यावसायी संघ कुवेतले तेश्रो अधिवेशन आगामी डिसेम्बर ३१ मा गर्ने


तितोपाटी – नेपाली प्रवासी ट्याक्सी व्यावसायी संघ कुवेतले आफ्नो तेश्रो अधिवेशन यहि ३१ डिसेम्बर २०२१ शुक्रबारको दिन गर्ने भएको छ । संघको तेश्रो अधिवेशन आयोजक समितिका संयोजक मनिष के.सी. ले तितोपाटी डट कम लाइ सो कुराको जानकारी गराएका छन् । संघको तेश्रो अधिवेशन कुवेतको खेतान शहर स्थित राजधानी रेष्टुरेन्टको सभाहलमा कुवेतका लागि नेपाली राजदूत महामहिम दूर्गा प्रसाद भण्डारीको प्रमुख अतिथ्यतामा विविध सांस्कृतिक कार्यक्रमका सम्पन्न गर्न लागिएको हो ।

तीतोपाटी डट कम सँगको कुराकानीका क्रममा नेपाली प्रवासी ट्याक्सी व्यावसायी संघका अध्यक्ष सुन बहादुर तामाङले भने, “कोभिड महामारीको कारण विगत २ वर्षदेखि विश्व जन समुदाय चरम संकटमा परे पनि हाल स्थिति सुधार हुँदै गएको र कुवेतमा पनि स्थिति सामान्य हुन गइ कुवेत सरकारले कोभिड पूर्वको अबस्थामा फर्काउने सबै प्रकृयाहरू पुरा गरि सबैलाइ सहज वातावरण सृजना गरिदिएकोले सोही बमोजिम संघको तेश्रो अधिवेशन गर्न लागिएको हो ।”

“नेपालीहरूको सेवामा समर्पित” भन्ने मुल नाराका साथ गठन भइ कृयाशिल कुवेतमा यातायात व्यावसाय गरि बसेका नेपालीहरूको संस्था नेपाली प्रावसी ट्याक्सी व्यावसायी संघ कुवेतले नेपाली राजदूतावास कुवेत, कुवेतमा कृयाशिल संघ संस्था, पत्रकार, वुद्दिजीवि, सामाजिक अभियन्ता, खेलाडी, कलाकार लगायत कुवेतमा श्रम गरि बस्ने सर्वसाधारण नेपाली दाजुभाइ दिदीबहिनीहरूको रोहबरमा कुवेतमा यातायात व्यावसाय गर्ने व्यावसायीहरू बिच भव्य रूपमा तेश्रो अधिवेशन लागेको हो ।

वैदेशिक रोजगारीको क्रममा कुवेतमा आएर विभिन्न किसिमले पीडित बनेका नेपालीहरूको सहयोगमा लागि पर्दै आएको यस ट्याक्सी व्यावसायी संघले कुवेतमा कृयाशिल अन्य संघसंसथाहरूसँग हातेमालो र सहकार्य गर्दै आएको छ । तेश्रो अधिवेशन भव्य सभ्य रूपमा सम्पन्न गर्नको लागि नेपाली राजदूतावास, एनआरएनए लगायत सम्पुर्ण संघ संस्थाका पदाधिकारी, पत्रकार, बुद्धिजीवि, सामाजिक अभियन्ता सबैलाइ आधिकारिक निमन्त्रणा पठाउने जनाउदै यदि आधिकारिक पत्र प्राप्त नभएमा पनि यसै समाचारलाइ आधार मानी अधिवेशन समारोहमा उपस्थिति जनाउनु हुन अनुरोध गर्दै उक्त दिन अन्य कुनै पनि संघ सस्थाले कार्यक्रम नजुधाइ दिनु हुन पनि संघले अनुरोध गरेको छ ।

कार्यक्रमको विवरणः
मितिः ३१ डिसेम्बर २०२१ शुक्रबार ।
स्थानः राजधानी रेष्टुरेन्टको हल खैतान ।
समयः दिनको ठिक ११ बजे ।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...