Wednesday 10th September 2025

गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रीय समन्वय परिषदद्वारा राहत सामग्री वितरण


तितोपाटी- गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रीय समन्वय परिषदले लभगभ १ करोड बराबरको राहत सामग्री वितरण गरेको छ।

गैह्र आवसीय नेपाली संघका अध्यक्ष कुमार पन्तको प्रत्यक्ष सहभागिता साथै एनआरएनए मध्यपूर्व उपसंयोजक मनोज कुमार गोर्खालीको संयोजकत्वमा राहत सामग्री हस्तान्तण गरेको छ।
बिगत केही दिन अघिको अत्याधिक भारी बर्षाको कारण सुदिरपश्चिमको कंचनपुर जिल्ला महाकाली नदिको तटीय क्षेत्रमा आएको बाढिको प्रभावले बिस्तापित भिमदत्त नगरपालिका र दोधारा चांदनी नगरपालिकाका ३०० घरधुरी बिपन्न परिवारलाई गैर आवासीय नेपाली सघं,अन्तर्राष्ट्रिय समन्वय परिषद बाट राहत सामग्री हस्तान्तरण गरिएको छ।

उक्त हस्तान्तरण कार्यक्रममा प्रत्यक्ष रुपमा नै प्रभावित क्षेत्रमा पुगी अबलोकन पश्चात कार्यक्रममा सहभगिता जनाउँदै केन्द्रीय अध्यक्ष पन्तले बाढीबाट आइपरेको घटना आफू मर्महात भएको र तत्कालका लागि अति विपन्न परिवारको लागि संघले सहयोग गरेको बताए।
त्यस्तै राहात सामाग्री हस्तान्तरण कार्यक्रमका सम्योजक मनोज कुमार श्रेष्ठले सुदूपश्चिममा आएको बाढि र त्यसबाट ल्याएको धनजनको नष्ट आफूले यसै जिल्लाका राजनीति प्रतिनिधी पूर्व मन्त्री रमेश लेखक बाट आफूले जानकारी पाए लगत्तै तुरुन्त राहत सामग्रीको जोहो गरी कञ्चनपुर आएको बताए । दोधारा चाँदनीमा बाढीको डुबानमा परेका अति विपन्न १५० घर र भीमदत्त नगरपालिका वडा नं १२ ७५ घर र वडा नं १३ ७५ घरमा आएको कटानले क्षतबिक्षत बनाएको अवस्थामा अति विपन्न परिवार लाई प्रदान गरिएको बताए। उक्त राहत हस्तान्तरण कार्यक्रममा स्थानिय तह बाट कंचनपुर जिल्ला प्रहरी कार्यलय प्रमुख प्रहरी उपरीक्षक उमा प्रसाद चतुर्वेदी, कंचनपुर जिल्ला प्रशासन कार्यलय साहयक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारी ,दोधरा चादनी नगरपालिकाका प्रमुख बिर बहादुर सुनार ,भिमदत्त नगर पालिका प्रमुख सुरेन्द्र बिष्ट , विशेष सहयोगी उधोग बाणिज्य संघ कंचनपुरका पुर्ब उपाध्यक्ष मित्र माधब राज जोशी ,राजनीतिक दलका प्रतिनिधि ,पत्रकार ,सुरक्षाकर्मी ,स्थानीय निकायका जन प्रतीनिधि तथा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्न हुने सम्पुर्ण व्यक्तिहरूलाई धन्यवाद दिएका छन्।
राहत हस्तान्तरणका लागि उपसंयोजक धर्मराज गिरि , NRNA क्यानाडा प्रतिनिधि तुला भट्टचन ज,NRNA दक्षिण कोरिया प्रतिनिधि तथा नेपाल पत्रकार महासघं दक्षिण कोरियाका अध्यक्ष रन्जन राज कुँवर ,NRNA दक्षिण कोरिया नवीन राज जोशी,स्वयंसेवक प्रदिप खनाल , सन्जु श्रेष्ठको सहभागिता रहेको थियो ।

प्रत्येक १ घर परिवारको लागी निम्न प्रकारका राहात सामाग्रीहरु प्रदान गरिएको छ:
(१) ५० किलो चामल
(२) ३ लिटर खाने तेल
(३) ५ किलो दाल
(४) ५ किलो आलु
(५) ३ किलो नुन
(६) ५ किलो प्याज
(७) आधा किलो मसला
(८) १ थान त्रिपाल
(९) २ थान म्याट
(१०) २ थान ब्लङकेट
(११) १ थान बाल्टी
(१२) १ थान जग
(१३) दैनिक प्रयोग हुने लत्ताकपडा: ( टि सर्ट ४ थान, टाउजर २ थान, विनसिटर २ थान, छाता १ थान रहेको छ ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी -नयाँ पुस्ताका युवा (जेनजी) हरूले बिभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर पर्दशन गरिरहेका छन ।  भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल…

उत्तरी भारतमा बाँदरहरूले लगेको र पछि पानीको ड्रममा डुबेको अवस्थामा फेला परेपछि दुई महिनाको शिशुको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले आइतबार…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार साँझ एयर फोर्स वनमा चढ्ने तयारी गर्दै प्रेसलाई दिएको टिप्पणीमा गाजा युद्धविराम र बन्धक आदानप्रदान…

प्रतिकृयाहरू
...