Sunday 15th March 2026

डेढ महीनामा कुवेत सरकारले २७ सय भन्दा बढी अवैध आप्रवासीलाई देश निकाला गर्यो


तितोपाटी- कुवेत सरकारद्वारा धरपकड़ अभियानको झण्डै डेढ महीनाको अवधीमा पक्राउ परेका मध्य २ हजार ७३९ कानुन उल्ल्घन गर्ने अवैध आप्रवासीहरुलाई देश निकाला गरेको छ।

कुवेत आन्तरिक मन्त्रालयले गत सेप्टेम्बर महीनाको १ तारिख देखि अवैध आप्रवासीलाई पक्राउ अभियान थालेको थियो। उक्त अभियानको अक्टोबर १७ सम्मको अवधिमा २ हजार ७३९ अवैध आप्रवासीहरुलाई देश निकाला गरेको आन्तरिक मन्त्रालयलाई उद्धत गर्दै अल कबासले लेखेको छ।

निर्वासन आन्तरिक मन्त्री शेख थामर अल-अली र आन्तरिक मन्त्रालय को उप सचिव लेफ्टिनेंट जनरल शेख फैसल अल-नवाफ को निर्देशमा उक्त अभियान थालीएको थियो।

सचिव- शेख फैसल अल-नवाफले, कानूनको उल्लंघन गर्नेहरुको बिरुद्ध कडा कानूनी कदम चाल्ने र उनीहरुलाई देश बाट निष्कासित गर्नको लागी अभियानलाई अझ तिव्र पार्ने बताएका छन।

कुवेत सरकारले केही दिन यता कुवेतमा नियम उल्लंघन बिरुद्ध पक्राउ अभियान,अनिश्चित समयको लागी स्थगित गरेको थियो तर अब भने पुन अभियानलाई तिव्रता संकेत गरेको छ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

गैरआवासीय नेपाली संघको यही मार्च १४–१६, २०२६ मा सम्पन्न हुन गइरहेको १२औँ एकता अन्तर्राष्ट्रिय महाधिवेशनमा कुवेतबाट मध्यपूर्व संयोजक पदका लागि…

इजरायली सेनाले लेबनानको लिटानी नदीमाथिको जरारीह पुलमा प्रहार गरेको बताएको छ किनभने यो हिज्बुल्लाहले प्रयोग गर्ने प्रमुख क्रसिङ थियो, यसले…

प्रतिकृयाहरू
...