Saturday 20th September 2025

डेढ महीनामा कुवेत सरकारले २७ सय भन्दा बढी अवैध आप्रवासीलाई देश निकाला गर्यो


तितोपाटी- कुवेत सरकारद्वारा धरपकड़ अभियानको झण्डै डेढ महीनाको अवधीमा पक्राउ परेका मध्य २ हजार ७३९ कानुन उल्ल्घन गर्ने अवैध आप्रवासीहरुलाई देश निकाला गरेको छ।

कुवेत आन्तरिक मन्त्रालयले गत सेप्टेम्बर महीनाको १ तारिख देखि अवैध आप्रवासीलाई पक्राउ अभियान थालेको थियो। उक्त अभियानको अक्टोबर १७ सम्मको अवधिमा २ हजार ७३९ अवैध आप्रवासीहरुलाई देश निकाला गरेको आन्तरिक मन्त्रालयलाई उद्धत गर्दै अल कबासले लेखेको छ।

निर्वासन आन्तरिक मन्त्री शेख थामर अल-अली र आन्तरिक मन्त्रालय को उप सचिव लेफ्टिनेंट जनरल शेख फैसल अल-नवाफ को निर्देशमा उक्त अभियान थालीएको थियो।

सचिव- शेख फैसल अल-नवाफले, कानूनको उल्लंघन गर्नेहरुको बिरुद्ध कडा कानूनी कदम चाल्ने र उनीहरुलाई देश बाट निष्कासित गर्नको लागी अभियानलाई अझ तिव्र पार्ने बताएका छन।

कुवेत सरकारले केही दिन यता कुवेतमा नियम उल्लंघन बिरुद्ध पक्राउ अभियान,अनिश्चित समयको लागी स्थगित गरेको थियो तर अब भने पुन अभियानलाई तिव्रता संकेत गरेको छ।


सम्बन्धित शीर्षकहरु

नेपालका जनरल जेड प्रदर्शनकारीहरूले ४८ घण्टाभन्दा कम समयमा सरकार ढाल्न सफल भए - तर यो विजयले ठूलो मूल्य चुकाउनु परेको…

गुलाम नवी मन्सुर/ कुवेत - नेपालको इतिहासमा भदाै २३ र २४ गतेलाई अब लामो समयसम्म स्मरण गरिनेछ। देशको विभिन्न भागमा…

तितोपाटी- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको सचिवस्तरीय बैठकले मुलुकको प्रशासनिक सुधार र सिंहदरबार परिसरमा भएको क्षति व्यवस्थापनका लागि विभिन्न…

प्रतिकृयाहरू
...