Thursday 25th April 2024

कास्कीको घान्द्रुकमा जिप दूर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु, १ घाइते


तीतोपाटी – कास्कीको घान्द्रुकमा जिप दुर्घटना हुँदा घटनास्थलमै ८ जनाको मृत्यु भएको छ भने एक जना सामान्य घाइते भएका छन् । सवारी चालक सहित ९ जना बोकेर कास्कीको नयाँपुलबाट घान्द्रुक जाँदै गरेको जिप सोमबार दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको हो । काठमाडौंबाट घुम्न गएका ६ पुरुष तथा १ महिला र जिपका चालक खुसीमान क्षेत्रीको निधन भएको कास्की प्रहरीले जनाएको छ ।

घान्द्रुकको हुँदु कटेपछि घान्द्रुक गाउँ पुग्नु अघिको कलाभिरमा ग१ज ६९०० नम्बरको जिप ब्याक हुँदा सडकबाट झण्डै डेढ सय मिटर तल मोदी खोला किनारमा खसेको प्रहरीले जनाएको छ ।

जिपमा सवार एक महिला भने पछाडिको डिक्की खोलेर बाहिर निस्किन सकेका कारण बाँच्न सफल भएकी छन् । सोमबार दिउँसो करिब दुई बजेतिर भएको दुर्घटनामा निधन हुनेमा प्रायः सबै युवाहरु रहेको तथा मृतकको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । दूर्घटनामा मृत्यु भएका चालकको सनाखत भए पनि अन्य मृतकहरूको सनाखत हुन भने बाँकी नै रहेको छ ।


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केट, यस क्षेत्रको खुद्रा प्रमुख, कुवेतमा आफ्नो सञ्चालनको २२ औं वार्षिकोत्सव ब्रान्डको अलराइ आउटलेटमा २४अप्रिलमा एक मेगा उत्सवको साथ…

मेडिकल जनरल ल्यान्सेटको पछिल्लो प्रतिवेदन अनुसार विश्वभर प्रोस्टेट क्यान्सरका घटना बढिरहेका छन् । ल्यान्सेटले यस रिपोर्टमा सन् २०२० मा प्रोस्टेट…

एएफपी-इजरायलले १५ लाख प्यालेस्टिनीको आश्रयका गाजाको दक्षिणी शहर रफाहमा सैन्य कारबाही सुरू भएमा यसले निर्दोष थप सर्वसाधारणको हताहत बढ्ने भन्दै…

प्रतिकृयाहरू
...