Wednesday 21st January 2026

बेलायतले नेपाललाई यात्राको रातो सूचीबाट हटायो


तितोपाटी- बेलायतले नेपाललाई यात्राको रातो सूचीबाट हटाएको छ । कोरोना महामारी बढ्दो क्रमसँगै बेलायतले अन्तर्राष्ट्रिय यात्राका लागि केही प्रतिबन्धसहित विभिन्न देशलाई रातो सूचिमा राख्दै आएको थियो ।
बेलायतका यातायात मन्त्री ग्रान्ट सापले बिहीबार ट्वीटरमार्फत यात्रा सूचीको पुनरावलोकन गर्दै नेपाललगायत ४७ वटा देशलाई रातो सूचीबाट हटाउने निर्णय गरेको सार्वजनिक गर्नु भएको छ । यो निर्णय अक्टोवर ११ गते बिहान चार बजेदेखि लागू हुनेछ । बेलायतको रातो सूचीमा अब पानामा, पेरु, इक्वेडोर, कोलम्बिया, हाइटी, भेनेजुयला र डोमिनिक रिपब्लिक मात्र बाँकी छन् ।
रातो सूचिबाट हटेपछि कोभिड खोपको दुबै डोज लगाएका यात्रुले नेपालबाट बेलायत आउँदा होटेल क्वारेन्टिन बसिराख्नुपर्ने छैन् । रातो सूचिमा रहंदा बेलायती नागरिक वा बेलायतमा बसोवासको अधिकार पाएकालाई मात्र खुला राखिएकोमा अब पर्यटक र अन्य भिजिटर पनि आउन पाउनेछन् । रातो सूचिमा रहदा बेलायतको सरकारले तोकिदिएको होटलमा दश दिन क्वारेन्टाइन बस्नुपर्ने नियम थियो । होटलमा बसेबापत प्रतिव्यतिm दुई हजार २८५ पाउण्ड तिर्नुपर्ने वाध्यता थियो । रातो सूचिबाट हटेसँगै विद्यार्थीलाई मात्र होइन दशैँमा नेपाल जान खोज्नेलाई पनि ठूलो राहत मिलेको छ । रातो सूचिबाट हटने निर्णय सुनेसँगै आफुले नेपाल जाने टिकट बुक गरेको लण्डन बस्ने उषा गौतमले बताउनुभयो ।  इङ्ल्याण्ड आउनु १४ दिनअघि अक्सफोर्ड÷अष्ट्राजेनिका,फाइजर बायोटेक,मोर्डना वा जोन्सनको पूर्ण खोप लगाएको हुनुपर्नेछ । अष्ट्राजेनिकाको कोभिशिल्ड,अष्ट्राजेनिका भ्याक्सजेभ्रिया,मोर्डना खोप लगाएकालाई पनि मान्यता दिइने बेलायतको यातायात विभागले जनाएको छ । त्यसबाहेकको खोप लगाएकाले बेलायत आएपछि पनि दश दिन होम क्वारेण्टाइनमा बस्नुपर्नेछ । सो क्रममा दोस्रो दिन र आठौँ दिन कोभिड परिक्षण गराउनुपर्ने छ ।
लण्डनस्थित नेपाली दूतावासले बेलायत सरकारले नेपाललाई रातो सूचिबाट हटाएकोमा धन्यवाद दिएको छ । नेपाललाई रातो सूचिबाट हटाउन दूतावासले बेलायत सरकारसँग आग्रह गर्दै आएको थियो ।


सम्बन्धित शीर्षकहरु

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

प्रतिकृयाहरू
...