“पाँच तत्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “
पञ्चाङ्ग!बालक र बाल दिवस!
पञ्चाङ्ग १
१
सकेसम्म बाल दिवस हामी सबले मनाउँने गरौँ।
बालक हरु को दक्ष हेरी गृह कार्य गराउँने गरौँ।।
सडक का बालक हरु लाई अाफ्नै बालक सम्झिएर
देश का कर्णधार मानेर सबै लाई हुर्काउँने गरौँ ।
टुहूरा ती बाल बालिका लाई राज्यले पढाउँने गरौँ ।
२
बाल दिवसमा सरकार ले केही पनि गरेकै छैन।
सारा फुट्पाथमा सुत्नेको एकदिन पेट भरेकै छैन।।
भन्नू लेख्नु त हाम्रो खाली देखावटी बढप्पन मात्र हो।
कुनै बालक लाई सम्झी दुई चार पैसा छरेकै छैन।
बिचरा बन्दुक धारीको राज्यले ले दु:ख हरेकै छैन।।
*******
लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा
पञ्चाङ्ग २
१
लक्ष्मी माता आराधना गर्छु आज तिम्रो।
सबै आस्था विश्वासमा पर्छु आज तिम्रो।
धन लाभ सबैलाई देऊ समानले
फूलपाती चरणमा छर्छु आज तिम्रो।
अाशीर्वाद पाए झाेली भर्छु आज तिम्रो।
२
अरु जस्तै स्कुल मा पढ्न जाने मन छ।
किताब झोला बोकि बोकि पढ्न झन छ।
साथी संगै स्कुल मा ज्ञान लिन्छु गहन
गरिबी च्यापि दिदा हेप्छन् जस्को धन छ।
पढि लेखि स्वावलम्बी बन्ने ठूलो जन छ।
लक्ष्मी बस्याल, बर्दिया
पञ्चाङ्ग ३
१
बाल दिवसको नाममा नै गरेको देखिएको छैन ।
अझै गाउँमा बन्दुकको त्रास डर मेटिएको छैन ।
पढ्नेबेलामा जंगलमा क्रान्ती गर्न भनेर हिंडायौ
बाल दिवस मनाए नि अनुहार फेरिएको छैन ।
स्वतन्त्र भएर पढ्ने वातावरण जेलिएको छैन ।
२
तिम्रो साथ छोड्नेछैन जस्तै दु:ख परेपनि ।
अन्त नाता जोड्नेछैन जस्तै दु:ख परेपनि ।
मायाले मन दिन्छु हरेक मोडको बसाईमा ,
माया पाए तोड्नेछैन जस्तै दु:ख परेपनि।
दिल कहिले मोड्नेछैन जस्तै दु:ख परेपनि ।
३
मनका सबै चालहरू आफ्नो सम्झी भनिदिनु ।
तनाब भए हालहरू आफ्नो सम्झी भनिदिनु ।
मेरो दिलले तिमीलाई आफ्नो बनाइसक्यो
नपाल जेल-झालहरु आफ्नो सम्झी भनिदिनु ।
आएको हुरि छालहरू आफ्नो सम्झी भनिदिनु ।
सोमनाथ लुइटेल ” रवि पाल्पाली “
पञ्चाङ्ग ४
१
आऊ साथी हामी पनि मनाऊँ बालदिवस ।
कुना कुना पुग्नसक्ने बनाऊँ बाल दिवस् ।
जस्कालागि मनाईन्छ थाहै छैन उस्लाई
हर बालबालिकामा जनाऊँ बाल दिवस ।
बालककै मनबाट भनाऊँ बाल दिवस ।
२
रुनु पनि छैन खुली हाँस्नु पनि छैन ।
हृदयमा उस्काे माया टाँस्नु पनि छैन ।
अलपत्र भयाे जीवन दाेवाटाे टुट्यो
पाउँदिन कुनै डाेरी गाँस्नु पनि छैन ।
झुटाे सम्झीएर फेरि मास्नु पनि छैन।
चन्द्रावती अधिकारी, कोहलपुर बाके
पञ्चाङ्ग ५
समय पनि आज कस्तो कठोर बनेर आयो ।
कतै गीत सुन्दा लाग्छ आफ्नै व्यथा भनेर आयो ।
भन्थ्यौं तिमी प्रेममा सुन्दर संसार सजाउछु म
ज्यानै धराप पार्ने कस्तो पिरती गनेर आयो।
व्यार्थै दियछु मन अझैं नजिक तनेर आयो।
दुर्गा आचार्य
खोटाङ्गेली
पन्चाङ्ग ६
बाल अधिकारका कुरा उठेका छन् ।
आजै भाषणमा पो पूरा जुटेका छन् ।
बर्षमा एक दिन वालकका लागि
अघिपछि शोषण कुरा लुटेका छन् ।
भाषणले मान्छे नै कुरा भुटेका छन् ।
मधुसूदन प्रसाद घिमिरे, काठमाडौं
२०७८ भाद्र।२९
पञ्चाङ ७
बाल दिवस सबै बाल बालिकाले मनाउनु पर्छ ।
बालबालिकामा शीप ज्ञान क्षमता बढाउनु पर्छ ।
नैसर्गिक अधिकार प्राप्त गर्नु छ बालबालिकाले
सडक देखि महल सम्मका बालकले पाउनु पर्छ ।
किताब बोकी विद्यालय सम्पुर्णले नै धाउनुपर्छ ।
तारा घिमिरे, संखुवासभा
पञ्चाङ्ग ८
सोच्यौ तिम्रो लागि मैले माया छर्न सकिन
ममताको निम्ठो कुण्ड कतै भर्न सकिन
म मरेको मान्छे प्रिय माया दिऊँ कसरी
मरी गएँ आफैँ पनि फेरि झर्न सकिन
पृथ्वीमा तिम्रो लागि कामना गर्न सकिन ।
-सविता के.सी., काठमाडौं
❣️पञ्चाङ्ग ९
यहाँ मन नभै त कुनै काम गरिन्न है ।
यो संसारमा कसैको नि भर परिन्न है ।
दुनियाँमा जल्नेहरु हजार हुन्छन् हेर्नुस्,
सक्दा सम्म गरिन्छ भोको पेट मरिन्न है ।
पिडा हुँदा मिठो बोलिले मन भरिन्न है ।
✍️रिता खराल,रुपन्देही