“पाँच तत्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “
पञ्चाङ्ग १
१
मन्दिर र आस्थाको यात्रामा धाऊँ म
उनकै नामको बाजा गीत गाऊँ म
लगन गाँठो झैँ कसिलो रहोस् माया
पानी पनि स्वामीकै हातको खाऊँ म
शिरको सिन्दुर रातो वस्त्र पाऊँ म ।
२
मैले पनि शिव पूजा सिन्दुर धसेको छु आज
तिजको व्रत निलाहार भई बसेको छु आज
संस्कारलाई धमिल्याएर बेच्नु हुन्न संस्कृति
उनको त्यो हृदय भित्रपट्टि पसेको छु आज
नास्तिक हैन, आस्थाको खाल्डोमा फसेको छु आज ।
३
अप्ठ्यारा थिए शब्दहरू कता गई खोलियो आज
भित्री कुराहरू थिए घाँटीमा आई रोकियो आज
प्रकृतिलाई छेक्न र दैवलाई रोक्न नसकिने
छचल्कियो निम्ठो पानी गाग्रीबाट नै पोखियो आज
जीवनको कहाली लाग्दो पल पनि भोगियो आज ।
४
गर्दा गर्दै यात्रा खै कता छुटेको थियो हाम्रो
वियोगले गर्दा हृदय दुखेको थियो हाम्रो
बेवारिसे हुँदैन विश्वासले फलेको फल
मनलाई परिस्थितिले कुटेको थियो हाम्रो
गरिबीको प्यासले मन जुटेको थियो हाम्रो ।
५
उध्रिएर जिन्दगी ठाउँठाउँमा सिएको देखेको छु
श्रीमानको आयु लामो होस् व्रत लिएको देखेको छु
एकै रथका दुई पाङ्ग्रा अनमेल देखेँ आज पनि
श्रीमतीको हो कि अपमान रक्सी पिएको देखेको छु
हृदयमा पीडा शरीरमा चोट दिएको देखेको छु ।
६
निहुपिहु कर्तव्यलाई यसै टार्नु हुँदैन
जुटाई राख्नु मनलाई स्थिर हार्नु हुँदैन
जिन्दगी फल्छ, फुल्छ, झर्छ नयाँ उम्रन्छ नि
खिन्नताले सिध्याउँछ मन मार्नु हुँदैन
वर्षासरी हृदयको भाव झार्नु हुँदन।
सविता के.सी. काठमाडौं
पञ्चाङ्ग २
१
आरधना म शिव तिम्रो भनेर गर्छु।
दुनियामा एक अनाथ बनेर गर्छु।
तिम्रो एक सहारा जिवन बचाउन
हुन्छौ छिटो खुसी नि ध्यान गनेर गर्छु।
धुप दीप प्रसाद राखी मानेर गर्छु।
२
नाचने गाउने मेरो पनि मन थियो ।
तिजको प्रतिस्पर्धा सबमा धन थियो।
गहना कपडा को होड हो कि तिज हो ?
नाच गान हेर्ने सुन्ने ठूलो जन थियो।
सुनै सुन ढाकिएको उन्को तन थियो।
लक्ष्मी बस्याल, बर्दिया
पञ्चाङ्ग ३
१
तिजमा ननाचे पनि नाच्न मन लाग्छ
तिजलाई चिज बस्तु साँच्न मन लाग्छ
चेलीबेटीले आँगनमा नाचेको राम्रो
कुटुम्भ संगै तिजमा हाँस्न मन लाग्छ
त्यसैले जीवनभरि बाँच्न मन लाग्छ ।
२
तिज घरमा भएनि मनाउनु पर्छ
हाम्रो संस्कृति कसरि जनाउनु पर्छ
नाचेर व्रत बसि शिवको आरधना
तिज नेपालको राम्रो भनाउनु पर्छ
दुखैमा नि अवस्थामा बनाउनु पर्छ।
३
नियतलाई तगारोले छेक्दैन कहिले ।
नजान्नेले त कसैलाई लेख्दैन कहिले।
मनमा कुराहरु जमाएर राख्छ सधैं ,
सत्यता बाटोमा उस्लाई पेल्दैन कहिले।
आफू राम्रो भए नराम्रो भेट्दैन कहिले ।
सोमनाथ लुइटेल “रवि पाल्पाली “
पञ्चाङ्ग ४
*****
बाटो छेकी इज्जत लुट्छन् कसरी माईत आउँनु आमा।
दिन दहाडै गुण्डा जुट्छन् कसरी माईत आउँनु आमा।।
डर सरिछ माईत जान तिज कसरी
मनाउँनु हो।
पालो गरेर ब्वासा छुट्छन् कसरी माईत आउँनु आमा।।
भाग्यो भने खेदेर कुट्छन् कसरी माईत आउँनु आमा ।
२
लेक बेँशी गर्दा गर्दै तिज मान्न अाएकीछु आमा।
छिटोछिटो गरिआको पानी मात्र खाएकीछु आमा।
घरको काम तेस्तै हो समयमा खान मिल्ने हैन,
भने जस्तो राम्रो छैन थोत्रे साडी लाएकीछु आमा।
भन्न मात्रै हुन्न बरै सारै दु:ख पाएकीछु आमा।।
*******
लक्ष्मी श्रेष्ठ, बिर्तामोड, झापा
पञ्चाङ्ग ५
मेरी आमा भन्थिन् बिहेकै सारी लगाऊ तीजमा ।
नारीहरु मन्दिरमा व्रत गर्न जाऊ तीजमा ।
समय बेग्लै आयो रहरको कुरा मात्र गरेर हुन्न ।
भोको पेटले बिरामी हुन्छौ चोखो खाऊ तीजमा ।
भीडभाडमा हैन अब घरै रमाऊ तीजमा ।
– रचना प्रतीक्षा
पन्चाङ्ग ६
तीज महिलाकाे खुशीकाे चाड हाे है
पुरुष मिसिए खुशीकाे भाँड हाे है
हामी पनि नाच्नु पर्छ बीच बीचमा
नारीकाे अधिकार खुशी माड भाे है
दुःख सुखका कथा खुशी छाड भाे है ।
मधुसूदन प्रसाद घिमिरे, काठमाडौं
पञ्चाङ्ग ७
संस्कृतिको जगेर्ना गर्दै नाच्नु पर्छ नचाउनुपर्छ
हाम्रा मौलिक परम्परा हामीले नै जगाउनुपर्छ
आधुनिकता भन्दै अंग पर्दर्शन नगरौं चेली
नभनौँ आफ्नो खुशी गर्ने अधिकार पउनुपर्छ
इज्जतको नि ख्याल गर्दै मिलिजुली रमाउनुपर्छ
नारायण न्यौपाने ‘निर्दोष’
पाल्पा नेपाल
हाल साउदी अरेबिया
पञ्चाङ्ग ८
तिजमा दर खाएर रमाइलो गर्ने हो अब
तिजका गित गाएर रमाइलो गर्ने हो अब
शिव भगवानको व्रत बसि पूजाआजा गर्दै ,
रातो सारी नै लाएर रमाइलो गर्ने हो अब
दिदिबहिनी नाचेर रमाइलो गर्ने हो अब।।
दुर्गा भट्टराई, मोरङ
पञ्चाङ्ग ९
तिजको दर खाएर रमाउने हो हामी।
तिजको गीत गाएर रमाउने हो हामी।
वर्ष दिनको चाड राम्रोसँग मान्नु पर्छ,
रातो सारी नै लाएर रमाउने हो हामी।
चुरा र धागो पाएर रमाउने हो हामी।
सुशीला पौडेल,काठमाडौं
पञ्चाङ्ग १०
हिमालय पर्वतकी छाेरी राम्री थिईन्।
अर्धनाश्वरी शक्ति देवी हाम्री थिईन्।
नारदले विष्णुलाई छाेरी दिनु भनी।।
पिता सामु भनेपछि उनी दाम्री थिईन्।
शिव मात्र स्वामी ठान्ने उनी चाम्री थिईन्।
ताेयानाथ सुवेदी
पञ्चाङ्ग ११
आमा बाकाे काख अब कहिले पाउँछु र खै ?
त्याे छायाँमा बस्न अब कहिले आउँछु र खै?
प्रारब्धले खाेसिएकाे मेराे प्याराे सिंहासन
शीरमाथि ताज अब कहिले लाउँछु र खै?
आमासँगै तराबाजी कहिले गाउँछु र खै?
चन्द्रावती अधिकारी ,कोहलपुर बाँके
पञ्चाङ्ग १२
हजुरआमा,आमाको पालामा संगिनी जानेर नै गाईन्थ्यो !
आधा रातमा बाबाले पकाको दर तानेर नै खाईन्थ्यो!
सम्झनाले सताएकै छ बितेका दिनहरु आज पनि
लोप भको पुवालाको गरुङ्गो माला बानेर नै लाईन्थ्यो !
दिनमा तिजको पुजामा आमा संगै माने रनै जाईन्थ्यो !
दुर्गा आचार्य
खोटाङ्गेली