Monday 16th March 2026

कुवेतमा विमानस्थल निर्माण कार्यको क्रममा दुई नेपालीको मृत्यु


तितोपाटी- कुवेतमा बालुवा र ग्राभेलको खाल्टोमा पुरिएर दुई नेपाली कामदारको मृत्यु भएको छ।

बुधबार अपरान्हको समयमा कुवेतको अन्तर्राष्ट्रिय बिमानस्थल निर्माण स्थलमा संरचनागत बालुवा र ग्राभेलको गहिरो खाल्टोमा पुरीएर दुई जनाको मृत्यु भएको हो भने एक जनालाई सकुशल उद्धार गरिएको छ।

कुवेतको नया विमानस्थल निर्माणकार्यको क्रममा निकै मिटर गहिरोमा परी दुई जनाको मृत्यु भएको र एक जना घाइते भएका हुन भने उक्त मृतक र घाइतेको पहिचान भने खुल्न सकेको छैन।

घटना पछी कुवेतका सार्वजनिक निर्माण मन्त्री र सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री डा. राना अल- फारिसले घटनास्थल पुगेर उक्त दुर्घटनाबाट भएको क्षतिको निरीक्षण गरेका छन। घटनाको विस्तृत विवरण प्राप्त भएको छैन ।


सम्बन्धित शीर्षकहरु

लद्दाखका एक प्रसिद्ध कार्यकर्ता तथा वैज्ञानिक सोनम वाङचुकलाई जेलबाट रिहा गरिएको छ। तर सरकारले यो निर्णय किन गर्‍यो र लद्दाखका…

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

गैरआवासीय नेपाली संघको यही मार्च १४–१६, २०२६ मा सम्पन्न हुन गइरहेको १२औँ एकता अन्तर्राष्ट्रिय महाधिवेशनमा कुवेतबाट मध्यपूर्व संयोजक पदका लागि…

प्रतिकृयाहरू
...