Saturday 24th January 2026

कुवेतमा अबैध बसोबास गर्नेको संख्या नेपाली सहित १ लाख ५० हजार


तितोपाटी- कुवेतमा नेपाली सहित अन्य देशका १ लाख ५० हजार आप्रवासीहरु अबैधानिक रूपमा बसोबास गर्दै आएका छन।

कुवेतमा अबैध रूपमा बस्नेहरुको संख्या हाल करिब १ लाख ५० हजार रहेको र सरकारले उनीहरुलाई विमानस्थल खुली सकेपछी र सामान्य जीवनमा फर्किए पछि स्वदेश फर्किन आममाफी, वा भिसा नवीकरण गर्नको लागी अर्को मौका दिने कुनै योजना नरहेको कुवेत मन्त्रालयलाई उद्धत गर्दै अरबटाइम्सले जनाएको छ।

यस अघी पनी कुवेत सरकारले विभिन्न समय गरी पॉचौ पटक सम्म आफ्नो जरिवाना तिरी वैधानिक बन्न वा सहज तरीकाले देश फर्किन मौका दिएको थियो।

अब भने कुनै किसिमको मौका नदिई पूर्ण रूपमा विमान संचालनमा आउन साथ कुवेतको विभिन्न स्थानहरुमा अवैध रूपमा बसोबास गर्दै आएका आप्रवासीहरुलाई पक्राउ गरिने साथै चेकजाँचमा पनी कडाई गरिने भएको छ। उक्त चेकजाँचमा अवैधरूपमा भेटिए देश निकाला गरिने बताइएको छ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैन्य जहाजहरूको "विशाल बेडा" इरानतिर गइरहेको पुष्टि गर्दै उनीहरूले बल प्रयोग गर्नु नपर्ने आशा दोहोर्‍याए।…

पाल्पाको पश्चिमी पहाडमा पर्ने रैनादेवी छहरा गाउँपालिका–२। बिहान सबेरै कुहिरोले ढाकिएको चौर, वरिपरि हरिया डाँडाकाँडा, र सीमित सम्भावनाबीच हुर्कँदै गरेका…

लुलु हाइपरमार्केट कुवेतले बेलायतको कृषि तथा बागवानी विकास बोर्ड (AHDB) र व्यापार तथा व्यापार विभाग (DBT) सँगको सहकार्यमा सुरु गरिएको…

प्रतिकृयाहरू
...