Tuesday 17th March 2026

कुवेतमा अबैध बसोबास गर्नेको संख्या नेपाली सहित १ लाख ५० हजार


तितोपाटी- कुवेतमा नेपाली सहित अन्य देशका १ लाख ५० हजार आप्रवासीहरु अबैधानिक रूपमा बसोबास गर्दै आएका छन।

कुवेतमा अबैध रूपमा बस्नेहरुको संख्या हाल करिब १ लाख ५० हजार रहेको र सरकारले उनीहरुलाई विमानस्थल खुली सकेपछी र सामान्य जीवनमा फर्किए पछि स्वदेश फर्किन आममाफी, वा भिसा नवीकरण गर्नको लागी अर्को मौका दिने कुनै योजना नरहेको कुवेत मन्त्रालयलाई उद्धत गर्दै अरबटाइम्सले जनाएको छ।

यस अघी पनी कुवेत सरकारले विभिन्न समय गरी पॉचौ पटक सम्म आफ्नो जरिवाना तिरी वैधानिक बन्न वा सहज तरीकाले देश फर्किन मौका दिएको थियो।

अब भने कुनै किसिमको मौका नदिई पूर्ण रूपमा विमान संचालनमा आउन साथ कुवेतको विभिन्न स्थानहरुमा अवैध रूपमा बसोबास गर्दै आएका आप्रवासीहरुलाई पक्राउ गरिने साथै चेकजाँचमा पनी कडाई गरिने भएको छ। उक्त चेकजाँचमा अवैधरूपमा भेटिए देश निकाला गरिने बताइएको छ।


सम्बन्धित शीर्षकहरु

लद्दाखका एक प्रसिद्ध कार्यकर्ता तथा वैज्ञानिक सोनम वाङचुकलाई जेलबाट रिहा गरिएको छ। तर सरकारले यो निर्णय किन गर्‍यो र लद्दाखका…

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

गैरआवासीय नेपाली संघको यही मार्च १४–१६, २०२६ मा सम्पन्न हुन गइरहेको १२औँ एकता अन्तर्राष्ट्रिय महाधिवेशनमा कुवेतबाट मध्यपूर्व संयोजक पदका लागि…

प्रतिकृयाहरू
...