Thursday 15th January 2026

कुवेत बाहिर रहेका ३ लाख ९० हजार आप्रवासीहरुको भिसा समाप्त


तितोपाटी- कुवेत भन्दा बाहिर रहेका झण्डै ३ लाख ९० हजार जना आप्रवासीहरु हरुको भिसा सकिएको छ। भिसा सकिए संगै उक्त आप्रवासीहरु अब कुवेत आउनबाट रोकिएका छन।

कोरोना महामारीले बिगत डेढ वर्ष भन्दा पहिला स्वदेश फर्किएका अधिकांश यसियाली नागरिक रहेका छन।

बढ्दो संक्रमणका कारण कुवेत सरकारले उडानमा रोक लगाएको थियो सोही कारणले पनी भिसा अवधी भित्र कुवेत फर्किंन नपाएकोले ३ लाख ९० हजार जना आप्रवासीहरुको भिसा पूर्णरूपमा समाप्त भएको छ।

कुवेत सरकारद्वारा जारी कड़ा स्वास्थ्य आवश्यकता सहित कुवेत आउनुपूर्व रहेका सर्तका कारण यस अघी उक्त सर्त पूरा गरे मात्रै गत सेप्टेम्बर १ तरीक़ देखी कुवेत आउन पाउने भएता पनी हालै कुवेत स्वास्थ्य मन्त्रालयले विविध कारण बताउदै नेपालबाट भने हाल सम्म कुनै पनी किसिमको उडानलाई अनुमति दिएको छैन। साथै कहिले सम्मका लागी उड़ानमा रोक लगाउने हो भन्ने विषयमा पनी अहिले सम्म आधिकारिकरूपमा कुनै किसिमको जानकारी प्राप्त भएको छैन।


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...