Wednesday 26th August 2026

भगवान् श्रीकृष्णका प्रिय भोजनहरू : किन चढाइन्छ ५६ भोग ?


आर. बी. बुढाथोकी-तीतोपाटी डटकम-हिन्दू धर्मालम्बीका लागि कृष्णको ठूलो महिमा रहन्छ । त्यसमा पनि नेपाल र भारतमा यसको विशेष महत्त्व छ।श्रीकृष्ण जन्माष्टमीका दिन विश्वभर रहेको सम्पूर्ण हिन्दू मन्दिरमा कृष्ण भक्तको भीड हुने गर्छ ।भगवान् कृष्णलाई चञ्चले स्वभाव भएको उत्साह र खुशी हुने भगवान्को रुपमा पूजा अर्चना गर्ने गरिएको छ । हिन्दू धर्म शास्त्रका अनुसार कृष्ण भगवान् विष्णुका १० मुख्य अवतारहरूमध्येका एक अवतार मानिन्छन् ।

भगवान् श्रीकृष्णको जन्म आधुनिक भारतको मथुरा शहरमा भएको थियो । श्रीकृष्णलाई जन्मिएकै घडी कंशबाट बचाउन उनका पिता वसुदेवले गोकुलवासी नन्द गोपका घरमा छाडेका थिए । त्यसैले श्रीकृष्णको बाल्यकाल नन्द गोपका घरमा बितेकाले उनलाई गोपाल तथा नन्दलाल नामले पनि जानिन्छ ।

भगवान् कृष्णले सानो हुँदा ठेकीमा भएको दही चोरेर खाएको प्रसङ्ग पनि एकदमै रमाइलो छ । तर उनलाई मन पर्ने अन्य खानाहरू पनि प्रशस्त छन् । कृष्णलाई अत्यन्त मन पर्ने भोजनमा मख्खन र मिस्रीको भोग रहेको छ । उनले गाउँगाउँमा डुलेर माटोका भाँडामा जमाएर राखेको मख्खन खुब चोरेर खाने गर्थे र साथीहरूलाई पनि खुवाउँथे । त्यसैकारण पनि भगवान् श्रीकृष्णलाई मख्खन चोर नामले पनि चिनिन्छ ।

दही बनाउन जमाएको दूधको तर जसलाई मख्खन भनिन्छ । मिस्री कुटेर मख्खनमा हाल्दिने र विभिन्न ‘ड्राइ फ्रुटहरू घ्यूमा भुटेर बनाएको पञ्चमेवा मिसाएपछि बन्ने मिठाइ साह्रै मिठो र स्वादिष्ट मानिन्छ ।

खिर पनि कृष्ण भगवान्लाई अत्यन्त मन पर्ने भोजनमा पर्छ । निल कमलको दाना अर्थात् मखनाको खिरमा मिस्री, काजु, किसमिस, नरिवल, पिस्ता, केसर हालेर बनाएको हुन्छ । शुद्ध दूधबाट बनाएको पेडा पनि भगवान् श्रीकृष्णको अर्को प्रिय भोजन हो । शुद्ध गाईको दूध, दही, मह, सख्खर, घ्यु हालेर बनाइएको पञ्चामृत पनि भगवान् श्रीकृष्णका प्रिय भोजनमा पर्छन् ।

भगवान ईन्द्र रिसाएर ७ दिनसम्म निरन्तर मुसलधारे पानी गराइदिँदा कृष्णले आफ्नो कान्छी औंलाले गोबद्र्धन पर्वतलाई उठाएर गोकुलवासीलाई बचाएको हुनाले गोकुलवासीले उनलाई ५६ भोग प्रसाद (भोजन) एकै दिन खुवाएका थिए । उनले १ दिनमा ८ पटक भोजन गर्ने र ७ दिनसम्मको भोजन जोड्दा ५६ व्यञ्जन हुन्छ ।

यी हुन् ५६ व्यञ्जन:

१. भक्त (भात),
२. सुप (दाल),
३. प्रलेह (चटनी),
४. सदिका (कढ़ी),
५. दधिशाकजा (दही शाकको कढ़ी),
६. सिखरिणी (सिखरन),
७. अवलेह (शरबत),
८. बालका (बाटी),
९. इक्षु खेरिणी (मुरब्बा),
१०. त्रिकोण (शर्करायुक्त),
११. बटक (बडा),
१२. मधु शीर्षक (मठरी),
१३. फेणिका (फेनी),
१४. परिष्टश्च (पुरी),
१५. शतपत्र (खजला),
१६. सधिद्रक (घेवर),
१७. चक्राम (मालपुआ),
१८. चिल्डिका (चोला),
१९. सुधाकुण्डलिका (जलेबी),
२०. धृतपूर (मेसू),
२१. वायुपूर (रसगुल्ला),
२२. चन्द्रकला (पगी हुई),
२३. दधि (महारायता),
२४. स्थूली (थूली),
२५. कर्पूरनाड़ी (लौंगपूरी),
२६. खण्डमण्डल (खुरमा),
२७. गोधुम (दलिया),
२८. परिखा,
२९. सुफलाढया (सौंफ युक्त),
३०. दधिरूप (बिलसारू),
३१. मोदक (लडडू),
३२. शाक (साग),
३३. सौधान (अधानौ अचार),
३४. मण्डका (मोठ),
३५. पायस (खीर),
३६. दधि (दही),
३७. गोघृत (गाईको घ्यु),
३८. हैयन्गपीनम (मख्खन),
३९. मण्डुरी (मलाई),
४०. कूपिका (रबडी),
४१. पर्पट (पापड),
४२. शक्तिका (सीरा),
४३. लसिका (लस्सी),
४४. सुवत,
४५. संघाय (मोहन),
४६. सुफला (सुपारी),
४७. सिता (इलायची),
४८. फल,
४९. ताम्बुल,
५०. मोहन भोग,
५१. लवण,
५२. कषाय,
५३. मधुर,
५४. तिक्त,
५५. कटु,
५६. अम्ल

@दि सोल्टी होटल काठमाडौंमा ‘सुसेफ’को रूपमा कार्यरत बुढाथोकी पाककला र सन्तुलित आहारका विषयमा कलम चलाउँछन्।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

टर्कीले करिब १,५०० किलोमिटर दूरीसम्म मार हान्न सक्ने ‘Tayfun Block-4’ ब्यालिस्टिक मिसाइल विकास गरेको टर्किस सञ्चारमाध्यमले जनाएका छन्। यसको दायराभित्र…

प्रतिकृयाहरू
...