Saturday 3rd October 2026

तीन सय अर्ब रुपैयाँ दामासाहीले बाँडेर खाइयो, तर तिर्न नपर्ने गरी ?


डा. अम्बरिश पोख्रेल- महालेखा परीक्षणको यो वर्षको प्रतिवेदन सार्वजनिक भएको भनिएको छ । अझ राष्ट्रपतिलाई बुझाइयो रे प्रतिवेदन ! महालेखा परीक्षणकाे प्रतिवेदन भनेको, नेपालको संविधानमा ब्यबस्था गरिएको एउटा सरकारी निकायको रिपोर्ट नै हो ।

(क) ६ लाख रुपैयाँ होइन।
(ख) ६ सय लाख रुपैयाँ होइन ।
(ग) ६ सय करोड रुपैयाँ पनि होइन ।
(घ) ६ सय अर्ब रुपैयाँ अर्थात् ६ खर्ब रुपैयाँ बेरुजु !

एकछिनको लागि मानिलिनुहोस्, त्यसको आधा हिस्सा (धेरै हिसाब लाउँदा पनि ५० प्रतिशत) तिर्नु नपर्ने बेरुजु हिसाब गर्दा पनि ३ खर्ब (३ सय अर्ब !) रुपैयाँ त सिधै राष्ट्रको ढुकुटीबाट नेपालका ठूला वडाले घोटाला गरेको रकम हो यो रिपोर्ट अनुसार पनि । खासमा पच्चीस प्रतिशत (२५%) जति तिर्नु नपर्ने, तर काम अनुसारको हिसाब मिलान गर्नु पर्ने भनेर रिपोर्ट हुन्छ । ५०% त धेरै राखेको हो मैले ।

यो रकम को कसले खान्छ त ? यो प्रकारको बेरुजु रकम (कम्तीमा पनि ३ सय अर्ब रुपैयाँ) तल्लो देखि माथिल्लो तहसम्मका सरकारी अधिकारीहरू, पदाधिकारीहरु मात्र होइन, एनजियो (NGOs) सञ्चालकहरु समेतले दामासाहीले बाँडेर खाएका हुन्छन् ।

उनीहरूले हामीलाई के दिन्छन् ? यही वर्गका मानिसहरूले नैं, हामी नागरिकहरुलाई फुलबुटा भरेर अर्ति उपदेश दिने गरेका हुन्छन् । हामी होला त नी भनेर, उनीहरूको चिल्ला, मिठा_ मिठा कुरामा भुलिरहेका हुन्छौं । विश्वास गरिरहेका हुन्छौं । ठूलो पदमा आसिन मान्छेले भनेको हो, त्यही भएर उसको कुरा सही हुनु पर्छ भन्ने विश्वास गर्दछौ । उसको कुरामा भर पर्दछौं । खासमा उनीहरूले यो प्रकारको लुट तन्त्रलाई, हरेक पल, क्षेत्र, तथा हर प्रकारका लेख रचना, भाषण, अनेक प्रकारका मिडियाहरु, सामाजिक सञ्जाल देखि प्रत्यक्ष सरकारी आदेश तथा उर्दी जारी गरिरहेका हुन्छन् ।

तर यति धेरै रकम दामासाहीले बाँडेर खाँदा पनि, असुल उपर गर्ने कुनै निकाय छैन नेपालमा । भएता पनि असुल उपर गरिँदैन । गरिएको छैन । कारण स्पष्ट छ, दामासाहीले बाँडेर खाएको रकम, कसले, कोबाट र कहाँबाट असुल उपर गर्नु ? सक्किगो नी ।

पशुपति शर्माको गीत नेपालमा आउँदो दशकौ दशक वर्ष सम्म कालजयी हुने छ । “लुट कान्छा लुट, नेपालमै हो छुट”। सक्नेले लुट्ने त होनि । रिस, डाह र ईर्ष्या गर्ने कुरा भएन हामी सामान्य जनले । बरु उनीहरू बीचमै रिस, डाह र ईर्ष्या गरेको देखिन्छ र सुनिन्छ ।
अस्तु ।
अम्बरिश पोख्रेल


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...