Saturday 3rd October 2026

तालिबान, अफगानी महिला र प्रजातन्त्र कुन सत्य हो ?


डा. अम्बरिश पोख्रेल- अघिल्लो पटक तालिवान र अलकायदाको खासमा संयुक्त सरकारले महिलाहरुलाई पढ्न, लेख्न, बोल्न, हिँड्न, लगाउन, खान तथा मनोरञ्जन गर्नबाट वञ्चित गरियो अर्थात् व्यक्तिगत स्वतन्त्रता दिएन भनिएको थियो ।

चोर, भ्रष्टचारी तथा ठगहरुलाई सार्वजनिक रूपमा दण्ड दिएको । हात काटी दिएको भनिएको थियो । बर्बर भौतिक दमन गरिएको भनिएको थियो अपराधीहरुलाई ।

तर यो बिर्सनु हुँदैन कि, बलत्कारीहरुलाई सार्वजनिक रूपमा सम्बन्धित अंग छेदन गरेर मृत्यु दण्ड दिएको भनेर पनि समाचार आएको थियो । अल जाजिरा तथा चौथो मीडिया जस्ताले यो प्रकारको समाचार दिने गरेका थिए ।

विश्वमा बद्नाम भएका वा त्यो अनुसारको सुनियोजित सामग्रीहरू प्रचार गर्ने गराउने, जस्तै अफगानीको हकमा तालिवानलाई बदनाम गर्ने टिभि, रेडियो साथै त्यो वर्गका संचार माध्यम बन्द गरिदिएका थिए, भनिएको छ । यसलाई सूचनाको हक खोसिएको भनिएको थियो ।

जे सुकै भए पनि, निष्कर्षमा महिला माथि बर्बर दमन गरिएको भनेर प्रचार गरिएको थियो । यो नै उनीहरूको बद्नामको प्रमुख कारण थियो । नेपाली विद्वानहरु पनि त्यही कुरा समातेर वाह वाह बटुल्दै छन् ।

यदि माथिका कुराहरू सत्य हुन् भने:
के अफगानी महिलाहरुलाई स्वतन्त्रता दिन वा दिलाउन तथा सिकाउनको लागि अमेरिकन सेना बिस वर्ष अघि देखि अफगानिस्तानमा राज गर्दै थियो ? के यही मुख्य कारण हो ? के अफगानी महिला यो बिस वर्ष मा स्वतन्त्रताको उच्च बिन्दुमा थिए ? सबै तिर समानतामा आधारित समाजमा बाँच्न पाएका थिए यो बिस वर्ष ?

अमेरिकन दूतावासका कर्मचारीहरुको अन्तिम प्रस्थान पछि, हिजो एयरपोर्टमा प्लेन चढेर भाग्न खोज्ने कुनै अफगानी महिलाको अनुहार देख्नु भयो ? किन देखिएन ?

तालिवानले कब्जा नगर्दै वा नआउँदै, कोही एकजना पनि अफगानी महिला, पेन्टी लगाएर, कट्टु लगाएर, स्कट लगाएर, सुट वा कुर्ता सुरुवाल नै सही अझ भनौं प्रजातन्त्रको उच्च बिन्दु (अर्थात् सुन्दरताको अन्तिम रुप) “बिकिनी” लगाएर भाग्न खोजेको किन देखिएन ?

किन ? कसले रोक्यो उनीहरूलाई एअरपोर्ट सम्म आउन नसक्ने गरी अशक्त कसले बनायो यो बिस वर्ष देखि ? जबकि तालिवान त जंगलतिर थिए ! हिजो मात्र राजधानी प्रवेश गरे ।

विगत बिस वर्ष देखि सरकार त अमेरिकन सेनाको थियो अर्थात् प्रजातन्त्रका सेनानीहरुको थियो । के सिकाए छन्? के पढाए छन् अमेरिकन कठपुतली सरकारहरूले ?

त्यहाँ एउटा पनि महिला प्लेन चढ्न गएको भए पनि, उसलाई शिर देखि पाउँ सम्म देखाइरहने थिए ती मिडियाले, भन्ने थिए स्वतन्त्रताको लागि ज्यानको बाजी थापेर भाग्न खोज्दै छे फलानो विरंगाना भनेर !

तर त्यहाँ त भगौडा पुरुष एजेन्टहरु मात्र थिए भन्ने कुरा प्रस्ट बुझ्न सकिन्छ । आफ्नै देश बिरुद्द विदेशीसँग साँठगाँठ गरेका देश द्रोहीहरुको भीड ! सजाय माफी पाएका बलत्कारीहरु तथा अन्य अपराधीहरुको भीड।

देशद्रोही, भ्रष्टाचारी, हत्या, हिंसा तथा अफगानी महिला माथि दैनिक हुने गरेका दर्जनौं एकल देखि सामूहिक बलात्कारीहरुको पक्षमा तर प्रजातन्त्रका नाममा विश्व जनमत निर्माण गर्न खोज्नु प्रजातन्त्रको अर्को नाम हो ? म यही १३ नम्बर बुँदामा अल्झिरहेको छु ।
अस्तु
ए पोख्रेल ।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...