Thursday 18th June 2026

खोरिया सिद्धान्त -जनार्दन अधिकारी “धड्कन”


खोरिया नेपाली माटो मै जन्मेको शुद्ध नेपाली जनजिब्रोले बोल्ने शव्द हो । आगन्तुक होइन । रुख बुट्यान,फाँडेर खनजोत नगरे सम्म कहाँ बिज छर्न योग्य हुन्छ र ? त्यसैले सम्पूर्ण फाँडेर नेपाली साहित्यमा खोरियाको बिज छरेर उमारेकोछु । कोपिला फक्रन लाग्दैछ ।खोरियाको वास्तविक अर्थ-प्रगोगात्मक नेपाली शव्दकोशमा हेमाङ्ग राज अधिकारीको अर्थ परिभाषामा खोरिया=खोर + इया । जङ्गलका रुख तथा बुट्यान फाँडेर डंढेलो लगाइ बाली लगाउन बनाइएको जमिन,भस्मे ।पेज नं,३२७) पचासको दसकमा यसलाइ जन्माएको नामाकरण गरेको भएपनि विद्यार्थी कालमा कलेजमा नै सिमित भयो । विकाशको महत्व कमजोर रह्यो । पछिल्लो समय २०७६ मंसिर ११ गते(२७ नोभेम्बर २०१९) मा दुनियाको खबर साप्ताहिकमा प्रकाशन पछि यसले गति लिएकोछ ।

खोरिया नेपाली साहित्यमा उदाएको बिहानी घाम हो । हाम्रो नेपाली समाजमा लोकप्रिय तर नामाकरण नभएको लोक भाका भजन टुक्काहरुको अनुसन्धान खोज गरी साहित्यको रुप दिएर खोरियाको नामाकरण गरि पहिलो पल्ट पाल्पाली कवि जनार्दन अधिकारी धड्कनले नेपाली साहित्यमा एक विधाको रुपमा खोरियाको प्रवर्तन गर्नुभइ बिहानी उदाउने घामले सित टल्के जस्तै साहित्यको धर्तीमा खोरिया टल्काउनु भयो । नेपाली साहित्यमा एक विधाको रुपमा खोरियाको प्रवर्तन भएको छ । खोरिया अक्षर र लाईनको संरचना हुन्छ ।

तीन लाईन ८।८।८ अक्षरको र चौथो लाईन ५ अक्षरको गरी जम्मा २९ अक्षरको हुन्छ ।
सबै लाईनको अन्त्यानुप्रास मिलाउन सक्नु त धेरै राम्रो हो सबैमा नभए पनि तेस्रो र चौथोको मिल्नु नै पर्ने हुन्छ ।अन्त्यानुप्रास दोस्रो र चौथोको मिलाएमा त झनै सुन्दर गीत बन्छ ।खोरियामा लय विधान हुन्छ । खैजडी, मादलमा गाउन मिल्ने यो खोरिया गायन श्रवणले मन प्रफुल्लित गराउने छ । जसरी भए पनि सुत्र छोड्नु हुँदैन ।८/८/८/५ ।

अर्को तर्फ नेपाली साहित्यमा हाइकु ५० को दशक पछि अत्यन्त लोकप्रिय बन्दै गएको छ ।जापानी कविता हाइकु शंकर लामिछानेले नेपालमा पहिलो पल्ट चिनाउनु भएको मानिन्छ । मैले पनि २०५०-६० को दशकमा करिब १००० हाईकु लेखि सकेको थिएँ । छाप्न सकिन पाण्डुलिपी मै सिमित रह्यो तर २०७० पछि दुनियाको खबर साप्ताहिकमा नियमित स्तम्भको रुपमा हाइकु लेख्न थालें आज सम्म पनि लेखिरहेको छु ।करिब ४०००( चार हजार)हाइकु छापिइ सकेको छ । लेख्दै गएँ अनुसन्धान खोज गर्दै जाँदा पत्ता लाग्यो जुन जापानी कविता भनेर हाईकु लेखिरहेको छु त्यो त हाम्रै देशको भजन टुक्का पो रहेछ ।

हाम्राआराध्य देव शिव –
कति सुहायो,
नाग माला गलामा
कति सुहायो ।

भगवान् कृष्ण भजन टुक्का
बासु देवाय
ॐ नम भगवते
बासु देवाय ।

देवी भजन-टुक्का
जय दुर्गे माँ
संकट नासिदिने
जय दुर्गे माँ
५/७/५ अक्षरका भजन सँग खैंजडी मजुरा सँग गाउँदै छमछमी गाउँ घरमा नचेकोबाट मेरो छाती रसायो नेपाली माटोको लोक साहित्य हाइकु भन्नु पर्दा मन कटक्क खान्छ त्यो पनि खोरिया नै हो भन्न मन लाग्छ र हाइकुलाइ नेपाली नाम दिनु पर्छ भन्ने लागेर अन्त्यानुप्रयास मिलाएर लेखिने ५/७/५ संरचना खोरिया नै नाम दिने निदो गरें । यसमा पहिलो लाईन ५ र अन्तिम ५ को अन्त्यानुप्रास र बिच लाइन ७ र अन्तिम ५ को अन्त्यानुप्रास मिलेकै हुनु पर्छ ।अन्त्यनुप्रास नमिलाई लेखिएको ५/७/५ संरचना हाइकु नै हुनेछ हाइकुलाइ खोरिया नै भन्नु पर्छ भन्ने होइन तर नेपाली माटोमा हुर्कीरहेको लोक साहित्य चोरीएर विदेशी नाम जप्न नपरोस भन्ने मेरो अन्तर भावना रसाएको मात्र हो । त्यो कुरा छोडौ मैले जन्माएको शुद्ध खोरिया ८/८/८/५ को २९ अक्षरको हुनेछ । शव्द खेलाउँदा प्रति लाइनको ८ अक्षरलाइ ४/४ वा २/२/२/२/ वा ३/२/३ र २/३ मा जसरी उतार्नुहोस त्यो खोरिया त बन्छ तर गायन लय मिलाउन अन्त्यानुप्रासको ठूलो महत्व छ ।त्यसलाइ पछ्याउन अवस्य पर्नेछ । पहिलो, दोस्रो, तेस्रो लाइनमा ३/२/३/ र चौथो लाइनमा २/३ यसको मुख्य सूत्रात्मक संरचना हो । केही उदाहरण निम्न अनुसार प्रस्तुत गरिएको छ ।
साहित्यकारहरूले खोरिया लेखनमा कलम दौडाइ सक्नु भएको छ तपाई पछि नपर्नु है पाइला चाले मात्र गन्तव्य पुगिन्छ ।
उदाहरण
१)तिमी भन्दै बसेकोछु
एकान्तमा हासेकोछु
भित्री मनले नढाँट
माया नछाँट ​।

२)तिमीलाई मनपर्छ
कसोगरी भनु मैले
न्याउली रोयो बनमा
राख्छु मनमा ।

३)भालेश्वरको मन्दिरमा
हावा चल्यो सिरिसिरी
मनमोहक सुन्दर
यो चन्द्रागिरी ।

४)बोलन माया बोलन
त्यो दुई ओंठ खोलन
सुन्ने लौ इच्छा हाम्रोछ
बोली राम्रो छ ।

५)बोलन मायालु मेरी
सुन्ने इच्छा छ रहर
पर्खिदैन समयले
डुब्छ प्रहर ।

६ आफ्नै सन्तान टाढा भो
जिन्दगी तीखो काँडा भो
बुढ्यौली भित्रै बिझायो
मनै रुझायो ।

अन्त्यानुप्रास मिलेको हाईकु पनि खोरिया नै मानिन्छ ।
१)माया कस्तो भो
नपाकेको पिँडालु
खाए जस्तो भो ।

द्द)कालापानीमा
माटो हाम्रो तासियो
मनै भासियो ।

तर खोरिया ड/ड/ड/छ नै ल]ख्नु पर्छ ।बाँकी क्रमसः

 

खोरिया प्रवर्तकः जनार्दन अधिकारी “धड्कन”
रामपुर, पाल्पा( खोरिया सिद्धान्त)
( हाल चन्द्रागिरि १५ ,काठमाडौ )


सम्बन्धित शीर्षकहरु

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

भारतीय टेलिभिजन श्रृंखला Kumkum Bhagya की अभिनेत्री Sanchita Ugale को २२ वर्षको उमेरमा मुम्बई नजिकैको नालासोपारास्थित निवासमा निधन भएको छ।…

लुलु हाइपरमार्केट र लुलु एक्सचेन्जले कुवेतभरका ग्राहकहरूलाई अझ बढी मूल्य प्रदान गर्ने उद्देश्यसहित रणनीतिक सहकार्य घोषणा गरेका छन्। यस सहकार्यअन्तर्गत…

प्रतिकृयाहरू
...