Thursday 15th January 2026

मोसु कुवेतले कोरोना रोकथाम सहयोगार्थ केन्द्रलाइ ३ लाख १६ हजार भन्दा बढि सहयोग पठायो


तीतोपाटी – मोरङ सुनसरी सेवा समाज कुवेतले मोरङ र सुनसरी जिल्लाको कोरोना रोकथामको लागि अक्सिजन सिलिन्डर सहयोगार्थ संकलित ३ लाख १६ हजार ८ सय ८८ रूपैयाँ मोरङ सुनसरी समाज केन्द्रलाइ पठाएको छ । सो रकम मोरङ सुनसरी सेवा समाज कुवेतसंग सम्बद्ध पदाधिकारी एवं सदस्यहरू तथा विभिन्न संघ संस्था तथा व्यक्ति विशेषको सहयोगमा संकलन गरि पठाइएको हो ।

विश्वव्यापी महामारी नोवल कोरोना भाइरस कोभिड-१९ को दोश्रो लहरका कारण नेपाल आक्रान्त भएपछि विश्व भरबाट विभिन्न संघ संस्थाले नेपाल र नेपालीका लागि सहयोग संकलन गरेर स्वदेश पठाइरहेका बेला मोरङ सुनसरी सेवा समाज कुवेतले पनि कुवेतमा सहयोग अभियान संचालन गरि सहयोगी मनका धनी जम्मा ८६ जना बाट उठेको ८१३ केडी ५०० फिल्स को नेपाली सटही दरमा हुन अाएको उक्त रकम केन्द्रमा पठाएको हो ।

मोसु केन्द्रले आफ्नो कोषबाट अक्सिजन सिलिन्डर किलेर जिल्लामा वितरण गरिसकेको छ। सो वितरण भैसकेको सिलिन्डर खरिदमा लागेको अपुग रकम विश्वभरिको मोसुको शाखाहरुद्वारा आर्थिक सहयोग संकलन गरिएको थियो।

अभियानमा सहयोग गर्ने सहयोगदाताहरुको नामावली यसप्रकार छः

 


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...