Monday 23rd February 2026

राजदूत भण्डारी, र विदेश मंत्री धारी अजरान बिच भेटवार्ता सम्पन्न


तितोपाटी- कुवेतका लागी नेपाली राजदूत दुर्गा प्रसाद भण्डारी र कुवेत सरकारका प्रोटोकोल मामिलाका लागि सहायक विदेश मंत्री महामहिम धारी अजरान अल-अजरान बिच हिजो २८ तारिकको दिन कुवेतस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता सम्पन्न भएको छ।

भेटका अवसरमा नेपाल तथा कुवेतमा कोभिड-१९ को वर्तमान अवस्था, र यसले पारेका असर, नेपाली कामदारहरूको हकहित लगायत नेपाल र कुवेतबीच आपसी सहयोग अभिवृद्धिका विविध विषयमा कुराकानी भएको दूतावासले जनाएको छ।

सो अवसरमा उनले दुई राष्ट्रबीचको सम्बन्धलाई थप मजबुत बनाउनुपर्नेमा जोड् दिएका थिए । उक्त भेटवार्तामा कुवेत सरकार परराष्ट्र मन्त्रालय तथा नेपाली राजदूतावासका अन्य अधिकारीहरूको पनि सहभागिता रहेको थियो ।


सम्बन्धित शीर्षकहरु

अदालतले ट्रम्पले प्रयोग गरेको आपतकालीन कानुन (IEEPA)अन्तर्गतको कर अवैध भन्यो, तर अन्य कानुन प्रयोग गरेर कर लगाउन सक्ने ढोका खुला…

रूस–युक्रेन युद्धको तेस्रो वर्ष नजिकिँदै गर्दा युद्धभूमिमा जति गोलाबारी छ, कूटनीतिक मोर्चामा त्यति नै शब्दहरूको टकराव देखिन्छ। यही सन्दर्भमा युक्रेनका…

मध्यपूर्वको सुरक्षा संरचनामा पुनः एकपटक ठूलो भू–राजनीतिक भूकम्पको संकेत देखिन थालेको छ। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनकालमा सुरु भएको कडा…

प्रतिकृयाहरू
...