Tuesday 31st March 2026

४८ घण्टाभित्र विदेश जानुपर्ने व्यक्तिको मात्रै खोपकार्ड प्रमाणीकरण हुने


तीतोपाटी डटकम-काठमाण्डाै – सरकारले खोप कार्ड प्रमाणीकरणलाई व्यवस्थित बनाउने तयारी भइरहेको जनाएको छ।अहिले काठमाण्डौको टेकुमा रहेको शुक्रराज ट्रपिकल अस्पतालबाट मात्रै खोप कार्डको प्रमाणीकरण हुँदै आएको छ ।

अब अरु अस्पतालबाट पनि खोप कार्ड प्रमाणीकरण गर्ने तयारी भइरहेको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डाक्टर तारानाथ पोखरेलले जानकारी दिनुभयो ।

नेपाली र अङ्ग्रेजी दुवै भाषामा खोप कार्डमा विवरण भर्न उहाँले आग्रह गर्नु भएको छ । वैदेशिक रोजगारीमा जानको लागि खोप कार्ड प्रमाणीकरण गर्नुपर्ने र त्यसको लागि घण्टौँ लाइनमा उभिनुपर्ने अवस्था आएपछि यसलाई केही व्यवस्थित बनाउने तयारी भएको हो ।

टेकु अस्पतालमा आज पनि खोप कार्ड प्रमाणीकरणको लागि बिहानैदेखि भीड छ । भीडलाई व्यवस्थित गर्न आजदेखि ४८ घण्टाभित्र विदेश जानुपर्ने व्यक्तिको मात्र खोप कार्ड प्रमाणीकरण गर्ने अस्पतालका निर्देशक डाक्टर अनुप बास्तोलाले बताउनुभयो ।

तीन महिनापछि विदेश जानेहरु पनि अहिले लाइन बस्न आएको भन्दै उहाँले आजदेखि अब ४८ घण्टाभित्र विदेश जानेहरुको मात्रै खोप कार्ड प्रमाणीकरण गर्ने बताउनु भएको हो । यस्तै भीडलाई व्यवस्थित गर्न टेकुमा अर्को काउन्टर खोल्ने पनि जानकारी दिनुभयो ।

खोप कार्ड प्रमाणीकरण गर्न जानेको भीडले हिजो अस्पतालका अरु सेवा समेत प्रभावित भएको थियो । टेकु अस्पतालले हिजो १४ सयभन्दा धेरै खोप कार्ड प्रमाणीकरण गरेको थियो । अस्ति सात सय मात्रै कार्डको प्रमाणीकरण भएको थियो ।

@उज्यालो अनलाइनबाट साभार


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...