Sunday 24th May 2026

छोटो कथाः कर्मले दिएको कसैले हर्न सक्दैन -इन्दिरा ज्ञवाली, पाैडेल


आजभन्दा करिब ३५,४० वर्ष अगाडिको कुरा हो । एउटा गाउँमा गरिब परिवार बस्थे । दिनभरिको मेलापात गरेर जीवनयापन गर्दथे । बाबुको पहिले नै मृत्यु भइसकेकोले परिवारमा आमा ,छोरी र एक छोरामात्र थिए । आमाले जसोतसो गरेर छोरा छारीलाई हुर्काउदै गएकी थिइन् । अब त, छोरो ठुलो भइसकेको थियो । घरमा मेलापात गोठालो नगई खान नपुग्ने , छोराछोरी पढाउन र लेखाउन ‘फलामको चिउरा चपाउनु’ जस्तै थियो ती एकल आमालाइ । उनले छोरो धने र छोरी वास्मतीलाई पढाउन निकै कोशिस गरिन् तर निकै गाह्रो भइरहेको थियो उनलाइ ? उनले सुइँय सुस्केरा हाल्दै भनन्, गरिब हुनु पनि अभिशाप रहेछ ! विद्यालय जान निकै उत्सुक थियो धने ।

एक दिन धने भागेर विद्यालय गयो । उसलाई शिक्षकले कक्षा १ मा भर्ना गरिदिनु भयो ,ऊ पढ्दै गयो राम्रै पढ्यो पनि । केही महिना पश्चात परीक्षा शुल्क ल्याउन भनी पत्र लेखियो। त्यो पत्र आमालाई दियो ,कसरी तिर्नु ? लामो साश फेर्दै छोराको अनुहार सम्झिन् र आँखाबाट दुई थोपा आँशु झारिन् ……..। फिस तिर्न नसकेपछि उसले पढ्न पाएन ।

उसलाई त्यही गाउँको दाइले शहरको एउटा धनी व्यापारीको घरमा बसेर पढ्ने र घरको काममा सघाउने प्रस्ताव राखे । धने खुशी भयो र केही दिन पछि ऊ शहर गयो अनि पढ्न थाल्यो । उता धनेकी दिदी गाई बाख्रा हेर्नमा व्यस्त । घरमा आमा छोरीमात्र , आमाले बाहिर काम गरेर ल्याएको पैसाले जसोतसो ज्यान पाल्ने काम गरे ।

यसरी केही वर्षहरु बित्दै जाँदा उता धने पनि ठुलो हँदै गयो । राम्रो, सम्पन्न र सँस्कारिक घर पाएकोले अनुशासन र सँस्कार सिक्दै गयो । उता गाउँमा धनेकी दिदी पनि ठुली हुँदै गइन् । बढेकी छोरीको चिन्ता आमालाई हुन थाल्यो । धने यस कुरामा नअत्तालिन आमालाइ  आश्वासन दिन्थ्यो ।

एक दिनको मौका छोपेर धनेले भन्यो ,“ घरको सबैकुरा ।” धनेको कामदेखि घरका सबै खुशी थिए  ।ऊ असल, इमान्दार र बुद्धिजिवि थियो । ऊ कक्षामा प्रथम हुदै गयो । उसलाई सबैले इज्यत गर्थे, साथीहरूको प्यारो र मिलनसार पनि । उसलाई घमण्ड कुन चराको नाम हो थाहा थिएन । एवम् रीतले ऊ बढ्दै र पढ्दै गयो । घरका उसलाई देखेर अचम्म मान्दै भन्थे ,“हुने बिरुवाको चिल्लो पात भने झै उसले एसइइ परीक्षामा ए प्लस नै ल्यायो। ” उता दिदीको बिहे नगरी नहुने भयो ,आमालाई चिन्ता थपिँदै गयो । धनेले आफ्नो साहुसँग भन्यो, “मलाई केही ऋण दिनुहोस् न भनी ऋण लिनुको सबै कारण बतायो । यो सबै कुरा थहा पाएपछि उसलाई त्यही घरबाट दिदीको बिहे गरिदिने भनी लिन पठायो । ” एक हप्ता पछि दुई आमा छोरी र धने त्यही शहरमा आए । केटोको खोजी भए अनुसार एउटा असल र सम्पन्न घरमा वास्मतिको बिहे भयो ।

दिदीलाई बिहे गर्दा लागेको सम्पूर्ण ऋण तिर्न ऊ राजी भयो । अब गाउँमा आमा एक्लै नै भइन् ,उसलाई आमाको चिन्ता बढ्दै जान थाल्यो ।
उता धनेलाई काठमाण्डौं शहरको उत्कृष्ट कलेजले छात्रवृत्तिमा पढाउने भयो । ऊ विज्ञान विषय लिएर पढ्न थाल्यो ।उसले एघार , बाह्रमा पनि राम्रो अङ्क ल्याएर पास गर्‍यो । त्यसपछि इन्जिनियरमा नाम निकाल्न सफल भयो । यता धनेलाई धर्म छोरो नै मान्दथे, पढाइमा उसलाई कुनै किसिमको कमि थिएन । निकै मायाममता र प्रेरणासहित ऊ त्यो घरमा हुर्कदै गएको थियो । बिहानीले दिउँसोको सङ्केत गरे झै ऊ दिन एक गुना रात चौगुना सफल हुँदै गयो । खाने मुखलाई जँगाले छेक्दैन भने झै कठिनाइले केही गरेन । संघर्षलाई हाँसी हाँसी स्वीकार गर्दै गयो । भन्दछन् ­ ‘गरिब हुनु अविशाप हो ’ तर उनको जीवनमा यस कुराले फेल खायो ,उनलाई गरिबीले नै संघर्ष गर्न सिकायो ।

पाँच , छ वर्ष पछिको कुरा हो ,धनेले इन्जिनियर पास गरी जागिर खान थाल्यो । उता गाउँमा एक्लै बसेकी आमालाई शहर ल्याएर राख्न थाल्यो । यसपछि उसका सुखका दिन आए । त्यसैले कर्ममा ल्याएको कुरालाई कसैले रोक्न र छेक्न सक्दैन ।


सम्बन्धित शीर्षकहरु

आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले शीर्षस्थानमा रहेको अमेरिकाविरुद्ध शानदार जित दर्ता गरेको छ। कीर्तिपुरस्थित टियु मैदानमा सम्पन्न खेलमा नेपालले अमेरिकालाई…

लुलु हाइपरमार्केटले आफ्नो बहुप्रतिक्षित मौसमी प्रमोशन, Mango Mania 2026, अल-राई शाखामा आधिकारिक रूपमा सुरु गरेको छ, जसले कुवेतभरिका खरिदकर्ताहरूलाई संसारकै…

तितोपाटी- केन्द्रीय चलचित्र जाँच समितिको अङ्ग्रेजी नाम परिवर्तन भएको छ । यसअघि अंग्रेजीमा ‘सेन्ट्रल बोर्ड अफ फिल्म सेन्सर’ लेखिँदै आएकोमा…

प्रतिकृयाहरू
...