Thursday 17th September 2026

ड्रोन र स्वास्थ्य


हिरनमयी आचार्य शर्मा – ड्रोनले एउटा” डेलिवरी बाँय”को कार्य गर्दै छ । सही अर्थमा ड्रोन को व्यवहार एउटा क्यामेरा हो भन्ने हामी सबैले जानेका छौ । यो ड्रोन क्यामेरा पहिले कसले सृष्टि गर्यो त भन्दा- “अब्राहम काँरेम” ले नै मात्र १४ वर्षको उमेरमै एउटा एयरक्राफ्टको मोडेल बनाउन सुरु गरे । उनलाइ नै “युएइ” को जनक भनिन्छ । पहिला १९८० मा इजरायलको अभियन्ताले कसैको विशेष उद्देश्य पूर्ति गर्ने वस्तुको हिसाबले यो ड्रोनको विकास भएको पाइन्छ ।

आज ड्रोन विशेष गरि स्वास्थ्य सम्बन्धित काममा प्रगोग गरिदै छ। यो कोरोनाकालिन अवस्थामा जहाँ मान्छेको पहुँच हुन सक्दैन त्यस्तो ठाउँमा औषधीहरु पठाउने काममा यसको प्रयोग गरिएको छ । एउटा १ किलो वजनको ड्रोनले २० किलो जति औषधि बोक्न सफल भएकोछ र समयको पनि बचत भएको छ ।

अहिले देखि नै ड्रोन लाइ एउटा डेलिबेरि बाँयको रुपमा पाइने सम्भव भएको छ । सुरुवातका सम्बन्धित कार्यमा ड्रोन नियोजित गर्नाले मृत्युको दर कम हुन्छ होला त ? कोरोना पोजिटिभ हुँदा अझै पनि स्वास्थ्यकर्मीको छेउ जान डराउनेको कमि छैन । कोरोना पोजिटिव भएर श्वास लिन कष्ट हुँदा मात्र स्वास्थ्य केन्द्र जान्छन् कतिपय मानिसहरु।

हाम्रो आफन्त मर्यो भनेर विलाप गर्दछन् ! सुरुदेखि नै राम्रोसँग उपचार गरे कोरोनालाई जीत्न सकिन्छ । अहिले यो ड्रोनको सहायताले कोरोनाका बिरामीहरुलाई औषधि पुर्याएर समयमा नै रोगबाट जीत्नलाई सम्पूर्ण प्रयास गरिदै छ ।

गुवाहाटी, असम,भारत ।
१५/६/२१


सम्बन्धित शीर्षकहरु

फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्ते बुधबार नेदरल्यान्ड्सको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतमा व्यक्तिगत रूपमा उपस्थित भएका छन्। सन् २०२५ मा हेग पुर्‍याइएपछि…

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले युरोपको सुरक्षा र सहकार्यलाई थप बलियो बनाउन"युरोपियन सेक्युरिटी काउन्सिल" गठन गर्ने प्रस्ताव गरेकी…

पूर्वप्रधानमन्त्री तथा नेकपाका सह–संयोजक माधवकुमार नेपाल सहित ९३ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ विशेष अदालतमा अन्तिम चरणमा पुगेको छ। मुद्दा…

प्रतिकृयाहरू
...