Friday 26th April 2024

संचारकर्मी सतीश चापागाईंको ‘सरकार चाहियो’म्यूजिक भिडियो सार्वजनिक


तीतोपाटी डटकम-संचारकर्मीका रुपमा परिचय बनाएका सतीश चापागाईंको शब्दमा ‘सरकार चाहियो’ बोलको गीत म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । गीतमा संगीतकार तथा गायक शिशिर योगीको स्वर र संगीत रहेको छ ।

गीतको संगीत संयोजन बीबी अनुरागीले र माष्टर मिक्सिंग श्याम श्वेत रसालीले गरेका हुन भने प्रिज्मा रेकर्डिङ्गमा गीत रेकर्ड भएको हो। मिलन श्रेष्ठको सम्पादन रहेको भिडियोको निर्देशन रामजी ज्ञवालीले गरेका हुन।

भिडियोमा बरिष्ठ कलाकारहरु सुरवीर पण्डित र रश्मी भट्टराईसंगै कलाकार जिवि चिरन लगायतको अभिनय रहेको छ । “कोरोना महामारीका बेलामा भिडियो बनाउदा केहि कमि कमजोरी भएपनि समग्रमा गीत राम्रो छ।” निर्देशक रामजी ज्ञवालीले बताए।

“जनताका जीवनमा हिजो पनि घाउ थिए र आज पनि घाउहरु छन्। सरकारले यी घाउहरुमा मल्हम लगाउनु पर्छ भन्ने मेरो मान्यता हो।” गीतकार सतीश चापागाईंले भने। गीत एक बर्ष अगाडी नै रेकर्ड गरिएको थियो।

नेपालमा लामो समय पत्रकारिता गरेका गीतकार चापागाईं केहि बर्षदेखि अमेरिकामा बस्छन।उनी नेप्लिज डायस्पोरा डटकमका प्रधान सम्पादक हुन भने गीतको भिडियो नेप्लिज डायस्पोराको अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको हो।

भिडियो हेर्नुहोस

https://youtu.be/r0BABZlQWh8


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै अत्यावश्यक सुविधाको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ।…

सरकारले सहकारी संकट र बचतकर्ताहरूले ब्यहोर्नुपरेका समस्या समाधानका लागि छुट्टै कानुनी प्रबन्ध गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले तत्काल…

तिमी सँगको मेरो माया दिलमा बस्छ होला मनमा भएको शब्दहरू बोल्नलाई आयौ होला तिमी सँग परिचय भएपछि कुराकानि भयो कुरा…

प्रतिकृयाहरू
...