Friday 16th October 2026

संचारकर्मी सतीश चापागाईंको ‘सरकार चाहियो’म्यूजिक भिडियो सार्वजनिक


तीतोपाटी डटकम-संचारकर्मीका रुपमा परिचय बनाएका सतीश चापागाईंको शब्दमा ‘सरकार चाहियो’ बोलको गीत म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । गीतमा संगीतकार तथा गायक शिशिर योगीको स्वर र संगीत रहेको छ ।

गीतको संगीत संयोजन बीबी अनुरागीले र माष्टर मिक्सिंग श्याम श्वेत रसालीले गरेका हुन भने प्रिज्मा रेकर्डिङ्गमा गीत रेकर्ड भएको हो। मिलन श्रेष्ठको सम्पादन रहेको भिडियोको निर्देशन रामजी ज्ञवालीले गरेका हुन।

भिडियोमा बरिष्ठ कलाकारहरु सुरवीर पण्डित र रश्मी भट्टराईसंगै कलाकार जिवि चिरन लगायतको अभिनय रहेको छ । “कोरोना महामारीका बेलामा भिडियो बनाउदा केहि कमि कमजोरी भएपनि समग्रमा गीत राम्रो छ।” निर्देशक रामजी ज्ञवालीले बताए।

“जनताका जीवनमा हिजो पनि घाउ थिए र आज पनि घाउहरु छन्। सरकारले यी घाउहरुमा मल्हम लगाउनु पर्छ भन्ने मेरो मान्यता हो।” गीतकार सतीश चापागाईंले भने। गीत एक बर्ष अगाडी नै रेकर्ड गरिएको थियो।

नेपालमा लामो समय पत्रकारिता गरेका गीतकार चापागाईं केहि बर्षदेखि अमेरिकामा बस्छन।उनी नेप्लिज डायस्पोरा डटकमका प्रधान सम्पादक हुन भने गीतको भिडियो नेप्लिज डायस्पोराको अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको हो।

भिडियो हेर्नुहोस

https://youtu.be/r0BABZlQWh8


सम्बन्धित शीर्षकहरु

युक्रेनसँग अमेरिकी निर्मित प्याट्रियट वायु रक्षा प्रणालीमा प्रयोग हुने मिसाइल लगभग सकिएको बताइएको छ। यसले रुसको ब्यालिस्टिक मिसाइल आक्रमण रोक्न…

बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खानलाई अक्टोबर २८ भित्र भारत छाड्न मुम्बई प्रहरीले नोटिस दिएको छ। भारतीय…

युक्रेनले आफ्ना केही हतियार र ड्रोनहरूका लागि प्रयोग हुने स्टारलिङ्क इन्टरनेट सेवामा अचानक गति सीमा लगाइएपछि युद्धक्षेत्रका गतिविधि प्रभावित भएको…

प्रतिकृयाहरू
...