Tuesday 13th October 2026

रिता खरालका पाँच मुक्तकहरू


मुक्तकः
=====
(१)
नगर्नु अवहेलना कसैलाई पनि,
सम्मान गर्नु सबैलाई आफ्नै ठानी,
भेदभाव, छुवाछुत अन्त्य हुनुपर्छ,
सबै मिलेर काम गर्ने बसालौँ बानी ।

(२)
बगेको खोला फर्केर कहिले आउँदैन,
उद्देश्य सही भए बाधाले पछ्याउँदैन,
हाँसोहरू रोदनमा परिणत भएपछि,
आफन्तले पनि दुःखमा साथ लाउँदैन ।

(३)
तितोपाती झैँ तितो नबनोस् जिन्दगी,
पसिनाको श्रम मिठो रहोस् जिन्दगी,
अनि पो काम गर्ने रहर पलाउँछ,
सबैसँग रिस, डाहा मरोस् जिन्दगी ।

(४)
कहाँ जाने जानुपर्ने ठाउँ नभएपछि,
पीडाले सबै रहरहरू लुटेर गएपछि,
झन् मन कसरी मर्दो रहेछ जिन्दगीमा,
मृत्युलाई पनि भगवानले नछोएपछि ।

(५)
पाइला चाल्नु अघि धेरै नै सोच्नुपर्छ,
रहर भेटाउन त धीरता रोज्नुपर्छ,
चारैतिर विश्वासको रहेछ खडेरी,
चाहना पूरा गर्न मित्रता जोड्नुपर्छ ।

-रिता खराल, रूपन्देही


सम्बन्धित शीर्षकहरु

साउदी अरबले राजधानी रियादस्थित विमानस्थलमा भएको घातक हुथी आक्रमण रोक्न आफ्नो हवाई रक्षा प्रणाली किन असफल भयो भन्ने विषयमा अनुसन्धान…

नेपालमा गत भदाै १० गते भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको सहयोगका लागि गैरआवासीय…

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने नाममा ठगी गरिएको प्रकरणको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ।…

प्रतिकृयाहरू
...