Tuesday 13th October 2026

बैतडीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ११ घाइते


तीतोपाटी –  बैतडीको सिगास गाउँपालिकामा जिप दुर्घटना हुँदा घटनास्थलमा २ जना र उपचारको क्रममा १ जना गरि ३ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । सिगास– ३ बाट डडेल्धुरा जाँदै गरेको से.१ज ७३९ नम्बरको जिप लगनबजार नजिकै दुर्घटना भएको हो ।

सिगास गाउँपालिका– ३ का अन्दाजी ४५ वर्षीय मानसिंह साउद र ६५ वर्षीय रामसिंह धामीको घटनास्थलमै र ५० वर्षीय जयसिंह धामीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

सिगास गाउँपालिका– ३ का ५५ वर्षीय कृष्ण साउद, २५ वर्षीय राजेन्द्र धामी, २० वर्षीय लोकेन्द्रसिंह धामी, ४५ वर्षीय दलवीरसिंह साउद, ४२ वर्षीय गौमती साउद, ३० वर्षीय करनसिंह धामी, ४० वर्षीय बास्मती धामी, १९ वर्षीय लोचन धामी, ४० वर्षीय शेरसिंह धामी, २० वर्षीय सरस्वती साउद र सिगास गाउँपालिका– ८ लुपुडका १० वर्षीय लक्ष्मणसिंह बोहरा  घाइते भएको प्रहरीले जनाएको छ । जिपचालक फरार रहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

नेपालमा गत भदाै १० गते भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको सहयोगका लागि गैरआवासीय…

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने नाममा ठगी गरिएको प्रकरणको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ।…

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

प्रतिकृयाहरू
...