Thursday 17th September 2026

शर्मिला श्रेष्ठका डोटेली भाकामा दमदार टुक्काहरु


१/
उडी गो मन ठेगान छैन चंगा उड्या जन,
सदाइभरि एकोहोरिनो बहुरिन्या मन ।

२/
आकाश उडन्या चरी मेरी खबर लैजा,
लामा छन मैदानी बाटो गर्खा बाटो गैजा ।

३/
परदेश बइजानो भया ख्याल अर्या घर
ईश्वर हजुर रक्षा गर्या छाड्या तम्रा भर ।

४/
खेतजिउला पानी लाया मार्सि धान फलेन,
परदेशीका झिक्कै पिडा दुख कैलै गएन ।

५/
आजभोल बस्यारो काछँ कोइलीका हुल,
समराइ लाग्दी उन्की क्या भई होइ भुल ।

६/
एक्ली कसरी अरु घाँस दाउरा वनपाखा,
साइकी तस्विर हेरिरन्छु फुट्न्जेल यी आँखा ।

७/
बाउस्या नपाई बाजो रैगो गैरी सेरी खेत,
गाई कस्या पाल्लो हो मैले नैहुन्या बन बेत ।

८/
उर्लि आयो बाडी कठै जम्मै लैगयो बस्ती ,
धै भन्ना सरकार लाटो नेताकी भै मस्ती ।

९/
उर्ली भेल माछो खान आइगई रानी चडा ,
राम जसी भैगयो भ्यागुतो जम्मा मेरी गडा ।

१०/
परदेश निकरी जाया रुनी तम्री सुवा,
घरपरिवार् सम्झि जाया जनखेल्या जुवा।

✍️शर्मिला श्रेष्ठ,ललितपुर
हाल अमेरिका


सम्बन्धित शीर्षकहरु

फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्ते बुधबार नेदरल्यान्ड्सको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतमा व्यक्तिगत रूपमा उपस्थित भएका छन्। सन् २०२५ मा हेग पुर्‍याइएपछि…

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले युरोपको सुरक्षा र सहकार्यलाई थप बलियो बनाउन"युरोपियन सेक्युरिटी काउन्सिल" गठन गर्ने प्रस्ताव गरेकी…

पूर्वप्रधानमन्त्री तथा नेकपाका सह–संयोजक माधवकुमार नेपाल सहित ९३ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ विशेष अदालतमा अन्तिम चरणमा पुगेको छ। मुद्दा…

प्रतिकृयाहरू
...