Thursday 16th May 2024

श्रीभक्त पौडेल “आफन्त”को गजल संग्रह – १


गजल
###
कांच जस्तै लाग्छ जीवन, चर्किएको देख्दाखेरी .
भुकम्प नै हो कि जीवन, थर्किएको देख्दाखेरी ।

कसैले कस्तो देख्छन, आफुंलाई त सधैं भरी
पासोको नै गांठो लाग्छ, सर्किएको देख्दाखेरी ।

हफ्तै पिछ्छे शिर लुकाउने, डेराहरु चाहर्दै गर्दा
उल्टोखोला लाग्छ जीवन, फर्किएको देख्दाखेरी ।

समिकरण यो जीवनको, नमिलेको देख्दा आज
पहिरोको त्यो चट्टान होकी, घर्किएको देख्दाखेरी ।

उँदै सलल उँभै सलल, लान्छ कि त आजै
घरीघरी यही झरी यहाँ, दर्किएको देख्दाखेरी ।

गल्ती सबको हुन्छ, दुधमा को नुहाएको छ र ?
दिक्दार लाग्छ तिमीआज, झर्किएको देख्दाखेरी ।

श्री भक्त पौडेल
चितवन , हाल स्पेन


सम्बन्धित शीर्षकहरु

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

सुस्तरी मनमा पसेर गयो मायाको डोरी कसेर गयो । चोखो माया दिएकी थिए निष्ठुरी बनी डसेर गयो । दिलभित्र लुकाइ…

प्रतिकृयाहरू
...