Tuesday 13th October 2026

रिता खरालका ५ मुक्तकहरू


🌹मुक्तक 🌹

१
संसारमा स्वार्थीको भिड बढेछ यहाँ ,
दुष्ट आत्माहरुको बास गढेछ यहाँ ,
कस्तो आयो जमाना बाँच्नलाई कठिन ,
कलियुगमा कलि राक्षस चढेछ यहाँ ।

२
लुकामारी खेल यस्तो जिन्दगी हुदैन,
बल्झिएको चोट जस्तो जिन्दगी हुदैन,
हानाथाप मात्र प्रतिस्पर्धी जिन्दगी,
अरूलाई उछिन्न सस्तो जिन्दगी हुदैन ।

३
मिठो आभास प्रकृतिको साथमा हुन्छ ,
दु:ख पोख्ने ठाउँ मायाको गाथमा हुन्छ,
जिन्दगि एउटा दौडान रहेछ यहाँ ,
आँसु लुकाउन उचित माथमा हुन्छ ।

४
भाग्यले नै ठगेपछि कस्ले देख्न सक्छ,
स्वार्थी धेरै भएपछि कस्ले छेक्न सक्छ,
हाँसो अनि रोदन खेल हो जिन्दगीको,
भित्री मन रोएपछि कस्ले मेट्न सक्छ।

५
कसैको मन दुख्ला भन्ने पिर लाग्छ,
भित्री चोट बल्झिएपछि तिर लाग्छ ,
कसरी बाँच्नु र धड्कन बन्द भयो भने,
पीडाहरू सल्किएपछि चिर लाग्छ ।

 

🌹रिता खराल , रुपन्देही🌹


सम्बन्धित शीर्षकहरु

नेपालमा गत भदाै १० गते भोटेकोशी नदी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूको सहयोगका लागि गैरआवासीय…

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने नाममा ठगी गरिएको प्रकरणको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ।…

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

प्रतिकृयाहरू
...