Saturday 7th November 2026

धर्मिला कार्कीको गजल संग्रह – २३


जिन्दगीको योजनाहरु पर पर सार्नु पर्यो ।
कति थिए रहर इच्छा मनभित्रै मार्नु पर्यो ।

सरकार सधैं पोषणको प्रचारवाजी गर्छ यहाँ
जनताले नुन तेल बिनै छाक टार्नु पर्यो ।

आज मान्छे घरमै कैदी बनेको देख्दा लाग्छ
प्रकृतिको लिला सँग विज्ञानले हार्नु पर्यो ।

कोरोनाले अकालमै ज्यान गुमाउनु पर्दा
कैयौं बृद्ध बा -आमाले रुँदै जुठो बार्नु पर्यो ।

बा-आमा दुबै गुमाउने लालाबाला देख्दा
आँखाबाट अस्रुधारा बररर झार्नु पर्यो ।

तोते बोलीमै टुहुरा भएका बालबच्चाले
जन्मदाताको तस्बिर हेर्दै जिन्दगी गुजार्नु पर्यो ।

 

धर्मिला कार्की
महाराजगन्ज-३, काठमाडौँ


सम्बन्धित शीर्षकहरु

तेहरान । अमेरिका र इरानबीच पुनः सैन्य तनाव चर्किन सक्ने आशंकाबीच अमेरिकी अधिकारीले इरानी सर्वसाधारणलाई सतर्क रहन चेतावनी दिएका छन्।…

कुवेतमा बलिहाङ तङनाम तथा महागुरु फाल्गुनन्दको १४२औँ जन्मजयन्ती संयुक्त रूपमा मनाइँदै किरात याक्थुङ चुम्लुङ, कुवेत र किरात धर्मावलम्बीहरूको संस्था माङ्सेबुङ…

केन्याका धार्मिक नेता पॉल म्याकेन्जीलाई १९० बालबालिकासहित १९१ जनाको मृत्यु गराएको आरोपमा अदालतले २०० वर्षको जेल सजाय सुनाएको छ। म्याकेन्जीले…

प्रतिकृयाहरू
...