Tuesday 13th October 2026

तेज प्रसाद खनालको झरना


” झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म”

१.
भ्रष्टहरुकै हालीमुहाली
चलिरहेछ देशमा जुहारी।

२.
मौका ठानेका छन् लुटीखान देश
फुलिसक्यो यिनीहरुको केश।

३.
सत्ताको नशा लागेर होला
कस्तो हुन्छ होला ठगको चोला।

४.
मासुको बिला देश होइन
साँधेर खाइ हुने चैन।

५.
आसेपासे पाएर चाट्न
तयार छन् नैतिकता साट्न।

६.
थियो देश सुनमा टुक्रा जस्तो
बेथिति बढ्यो किन देशमा यस्तो ।

७.
खालि बेतुकका कुरा गरेर
देश ठगी जान्छन् झोली भरेर।

८.
जनता भने सधैँ दुःख दर्दमा
कोही छैन आपत् पर्दामा।

९.
जयजयकार भ्रष्टको किन गर्छौ ?
कि त मौका ठानी तिमी पनि झोली भर्छौ ?

१०.
नवीन चिन्तन नवीन सोँचले
बदलौँ समाज युवा जोसले ।

११.
मलजल गरे फुल्नेछ फुल
जानी जानी नगर भुल ।

१२.
सहिदको सम्मान त्यतिबेला हुन्छ
जब सहिदको सपना पूरा हुन्छ।

१३.
पुर्खाको इज्जत जोगाऊँ हामी
देश हो उनकै नाशो मानी ।

१४.
सिमा अतिक्रम भइरहेछ यहाँ
तिम्रो ध्यान आखिर छ कहाँ ?

१५.
थोत्रा कुरा गरेर हुन्न अब
सुख मिल्छ पुल बाटो बन्छन जब।
तेजप्रसाद खनाल
लमही दाङ।


सम्बन्धित शीर्षकहरु

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

अजरबैजान सरकारले विद्यालयमा धर्मनिरपेक्ष पोसाक नियम लागू गर्दै हिजाब लगाउन अप्रत्यक्ष रूपमा रोक लगाएपछि देशभर विरोध प्रदर्शन सुरु भएका छन्।…

यमनका हुथी विद्रोहीहरूको लगातार ड्रोन तथा मिसाइल आक्रमणपछि साउदी अरेबियाले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन हाल केहि समयका लागि…

प्रतिकृयाहरू
...