Wednesday 15th May 2024

राष्ट्रिय शीत काव्य समाज गठन


तीतोपाटी – साहित्यकार पुष्कर अथक रेग्मी(पाल्पा)को अध्यक्षतामा ‘शीत काव्य समाज नेपाल’ को राष्ट्रिय समिति गठन भएको छ । समाजको उपाध्यक्षमा सीता बिष्ट कार्की ‘सीबिका’ (काठमाडौ ) र उपाध्यक्ष नारायण कोइराला ( यु.ए.इ.) रहेका छन् । भोजपुरका दामोदर ढकाल ‘दीपक’ सचिव र कोषाध्यक्षमा पाल्पाकी इन्दिरा ज्ञवाली रहेका छन् । सदस्यहरूमा कृष्ण के.सी.(नुवाकोट ),सुरेशचन्द्र घिमिरे ( लमजुङ ) मनु खत्री (गुल्मी ),चन्द्रावती अधिकारी (कोहलपुर ), इन्दिरा गौतम( आसाम,भारत ) र विजयीता भण्डारी ( झापा) रहेका छन् ।

सामाजिक संन्जालको मुहार पुस्तिकामा रहेको शीत काव्य समाजको मेसन्जर समूहको भेला र अनलाईन छलफलबाट समाजको गठन भएको हो । आगामी दिनमा सात प्रदेश र बिदेश बिभाग प्रमुखहरूपनि मनोनयन गरिने जानकारी समाजका अध्यक्ष पुष्कर अथक रेग्मीले दिएका छन् ।

शीत काव्यका परिकल्पनाकार पुष्कर अथक रेग्मी हुन् । पानीको सानो बुँदलाई शीत भनिएजस्तै कविताको अति लघुतम रूपलाई शीत नामाकरण गरिएको हो । शीत २/२ अक्षरको चार हरफमा जम्मा आठ अक्षरमा लेखिन्छ । यसलाई बिभिन्र नियममा सजिलै लेख्न सकिन्छ भनी समाजका सचिव दामोदर ढकालले बताए ।

समाजले मुहार पुस्तिकामा शीत काव्य समाजको पेज निर्माणका साथै मेसेन्जर समूह निर्माण गरेको छ । जस्मा पूर्वमा झापादेखि पश्चिममा महेन्द्रनगर र भारत तथा अरब मुलुकका सर्जकहरूको सहभागीता रहेको छ । सर्जकहरू शीत कविता लेख्दैछन र विभिन्न माध्यमद्वारा संप्रेषण गर्दैछन । नेपाली साहित्यको श्रीवृद्धिका लागि लघुकाव्य शीतले नवीनतम योगदान पुराउने आशा लिइएको छ ।


सम्बन्धित शीर्षकहरु

कर्नाटकको बिजापुरमा एउटा मञ्चमा सातवटा पङ्क्तिहरू छन्। पहिलो चार लाइनमा एघार, पाँचौं पङ्क्तिमा पाँच र छैठौं र सातौं लाइनमा सात।…

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम संघीय संसद्को दुवै सदनमा पेश गरिरहेका छन् । राष्ट्पति…

इजरायलले गाजामा आक्रमण जारी राखेमा लडाइँ जारी राख्ने हिजबुल्लाहले बताएको छ, हिजबुल्लाह प्रमुख नसरल्लाहले गाजालाई समर्थन 'अन्तिम' भएको बताएका छन्,…

प्रतिकृयाहरू
...