Wednesday 15th May 2024

किरण कुमार देवकोटाको झरना – १


“झरदेखि झरना सम्म, हाम्रो यात्रा सागरसम्म”

झरना = १० झरहरू
——————-
( १)
बुबा भरोसा हो भने आमा विश्वास हो
परिवारको हिम्मत बढाउने दुवै शाहस हो ।

(२)
आमा बाहिर हेर्दा कठोर भित्र नरम रहनुहुन्छ
त्यसैले आमाको मनमा अनेकौ मर्मसँगै धर्म हुन्छ ।

(३)
आमा ओत लाग्ने एउटा आधार
पिता अनेकौं समस्यासँग जुध्ने दुईटा धार भएको तलवार ।

(४)
बालापनमा खुशी पर्ने पिता मुख्य पात्र हुन्
सन्तानको दु:ख सुख बुझ्ने आमा मात्र हुन् ।

(५)
बुबा जिम्मेवारी बोक्ने सन्तानको सारथी हुन्
सबैलाई ममताले छोप्ने आमा नै महारथी हुन् ।

(६)
जसको माता पिता असल र कर्मयोगी हुन्छन्
उनैका सन्तानले प्रगतिको शिखर छुन्छन् ।

(७)
जब नेपाली सपूतले गर्छ आफ्नो देशको मान राख्ने काम
अनि हुन्छ राष्ट्रको सम्मान ।

(८)
माली हॅु उधानको फूल लगाउॅछु
फूलले मातृभूमिलाई सजाउॅछु ।

(९)ज्ञानीले मानिसलाई सत्मार्ग देखाई दिन्छ
मूर्खले अरूलाई आफू समान लिन्छ ।

(१०)
हेरी बसें दिन भरि आउॅछौ कि त भनी
ढुंगो होईन मान्छे नै हॅु पग्लिन्छु म पनि ।

किरण कुमार देवकोटा
कपिलवस्तु न. पा .३
कपिलवस्तु


सम्बन्धित शीर्षकहरु

कर्नाटकको बिजापुरमा एउटा मञ्चमा सातवटा पङ्क्तिहरू छन्। पहिलो चार लाइनमा एघार, पाँचौं पङ्क्तिमा पाँच र छैठौं र सातौं लाइनमा सात।…

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम संघीय संसद्को दुवै सदनमा पेश गरिरहेका छन् । राष्ट्पति…

इजरायलले गाजामा आक्रमण जारी राखेमा लडाइँ जारी राख्ने हिजबुल्लाहले बताएको छ, हिजबुल्लाह प्रमुख नसरल्लाहले गाजालाई समर्थन 'अन्तिम' भएको बताएका छन्,…

प्रतिकृयाहरू
...