Sunday 22nd February 2026

दुतावासले सधैं आफ्ना नागरिकको पक्षमा कार्य गरेको छ – राजदूत भण्डारी


तीतोपाटी – नेपाली दुताबास कुबेत र नेपाल पत्रकार महासंघ बैदेशिक शाखा कुबेतका नयाँ कार्यासमिति बीच बिहिबार भेटघाट र छलफल सम्पन्न भएको छ। छलफलमा महामहिम राजदुत दुर्गा प्रसाद भण्डारीले दुताबासले सधै आफ्ना नगारिकको पक्षमा कार्य गरेको बताउदै हामी सबैले सकारात्मक सोच राख्ने हो, भनि सफलता पक्कै मिल्दछ, राम्रो कार्य गर्नेलाई कुनै पनि ठाउँमा समस्या श्रीजना हुदैन बरु अवसर प्राप्त हुने बताउनु भयो हामी रोजगारीका शिलशिलामा आएका छौ। हाम्रो उद्देश्य नै पैसा कमाउनु हो, त्यसैले अनुशान, इमान्दारी, लगनशील र मेहनतले हामीलाई सफल बनाउँछ त्यसमा सबैले ध्यान दिनु पर्दछ यहाँको नियम कानुनलाई पनि ख्याल राख्नु पर्दछ भन्दै राजदुत भण्डारीले थप्नु भयो- हामी रास्ट्रले गर्व गर्ने कार्य गरौ जानी जानी गैरकानुनी कार्य र अनैतिक क्रियाकलाप र गतिविधीमा सहभागी हुने नगरौ जसले गर्दा रास्ट्रको ईज्ज्यत जान्छ ।
महामारीको रुपमा विश्वभरि फैलिएको कोरोना भाइरस कोभिड १९ले सबै क्षेत्र धराशायी भएको अवस्थामा प्राय जसो रोजगारदाता कम्पनीले पनि पहिलाको जस्तो सेवा सुबिधा उपलब्ध गराउन नसकेको यथार्थ हो , यसलाई सबैले मनन गर्नै पर्छ । यो समय भनेको जसरी हुन्छ जिवनशैलिलाई आधारभूत आवश्यकताबाटै चलाउनु पर्ने हुन्छ । यदि कुनैपनि रोजगारदाता कम्पनी वा स्पोन्सरबाट साच्चिकै अन्यायमा पारिएको छ भने दूतावास सदैव आफ्ना नागरिकका पक्षमा रहेको हुदा सिधै दूतावासको सम्पर्क आउन सक्ने बताउदै भ्याक्सिनका लागि रजिस्ट्रेसन गर्न सम्पूर्ण कुबेतमा कार्यरत नेपालीहरुलाई आग्रह समेत गर्नु भएको छ।
राजदूत भण्डारीका अनुसार यतिबेला दुताबासमा पासपोर्ट नबिकरणको अत्याधिक चाप् रहेको छ १० बर्ष पहिला जारि MRP पासपोर्टको म्याद सकिदै गरेको कोरोना महामारीको यो अवस्थामा पासपोर्ट नबिकरणको कार्यलाई पहिलो प्रथामिकता राखेर दुताबासले काम गरिरहेकोछ, कानुनी बाटोबाट घरेलुकामदारको रुपमा कुवेत आएकाहरुको हकमा दूतावासको पत्र लिएर जादा सजिलै कुवेत आउन पाउने ब्यवस्था गरिएको छ । अस्पतालहरुमा निगरानि , बिरामीहरुको अबस्था जानकारी , सम्बन्धि पक्षसग समन्वय , कुवेतमा निधन (कोरोना बाहेक) भएकाहरुको शव जिल्ला सम्म निशुल्क पुर्याउने , जेलमा निरिक्षण गरि सजाय कम गरि नेपाल पठाउने कार्यमा जोड , इनसुरेन्स असुल गरि पिडित परिवारलाई उपलब्ध गराउने देखि बिबिध कारणले नेपाल जान रोकिएका हकमा मन्जुरीनामा पत्रको लागि समेत दुताबासले ब्यबस्था मिलाएको छ ।
गैरकानुनी बाटो हुँदै कुबेत आउने, इलिगल भई बस्ने, कानुनले बन्देज गरेका कार्यमा सम्लग्न हुने र अन्तमा दूतावासमा समस्यामा पर्यो भनेर गुनासो गर्दैमा समस्या समाधान गर्न सकिँदैन भन्दै हाम्रो पनि क्षेत्र अधिकार हुन्छ , त्यसको दायराभित्र रहेर कानुनी उपचार खोज्नुपर्ने हुन्छ, सोचे झैँ सहज हुदैन त्यसैले कानुनी बाटो हिडन सबैलाई राजदुत भण्डारीले आग्रह समेत गर्नु भएको छ ।
कुटनैतिक निकायको जिम्मेवारी सम्हालेर कुबेत आउदा आफु संग थुप्रै योजनाहरु भए पनि कोरोना महामारीले गर्दा सुरुवाती दिनहरुमा नेपालका लागि सिधा फ्लाइटको लागि आफुले पहल गरेकोमा सफल भएको र केही कामहरुको थालनी भएपनि रोकिएका छन तर प्रयास जारि रहेको बताउदै पर्यटन , नेपाली उत्पादनको बजार सम्भाव्यता , दक्ष कामदारका लागि अवसर , नेपाली रितिरिवाज कला सस्कृतिको प्रचारप्रसार , घरेलु कामदारकोहरुलाई सहजताका क्षेत्रमा आफु सदैव कटिबद्ध भएर लागिरहेको र दुईदेश बिचको सम्बन्धलाई सुदृढ गर्न उच्चस्तरीय भेटघाटमालाई निरन्तरता दिएको राजदुत भण्डारीले बताउनु भयो ।
नेपाल पत्रकार महासघ वैदेशिक शाखा कुवेतका अध्यक्ष नवराज पन्थीको नेतृत्वमा बिहिबार दूतावास गएको पत्रकार टोली र राजदूत दुर्गाप्रसाद भण्डारी सगै दितिय सचिव श्रीकृष्ण सिलवाल बिच दूतावासको सभाहलमा भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको थियो ।


सम्बन्धित शीर्षकहरु

अदालतले ट्रम्पले प्रयोग गरेको आपतकालीन कानुन (IEEPA)अन्तर्गतको कर अवैध भन्यो, तर अन्य कानुन प्रयोग गरेर कर लगाउन सक्ने ढोका खुला…

रूस–युक्रेन युद्धको तेस्रो वर्ष नजिकिँदै गर्दा युद्धभूमिमा जति गोलाबारी छ, कूटनीतिक मोर्चामा त्यति नै शब्दहरूको टकराव देखिन्छ। यही सन्दर्भमा युक्रेनका…

मध्यपूर्वको सुरक्षा संरचनामा पुनः एकपटक ठूलो भू–राजनीतिक भूकम्पको संकेत देखिन थालेको छ। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनकालमा सुरु भएको कडा…

प्रतिकृयाहरू
...