Monday 29th April 2024

रिता खरालको झरना – २


“झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म”
झरना = १० झर

१. बाहिर आशा देखाउछन् ,
भित्र षड्यन्त्र रचाउछन्  ।

२. भाग्य र कर्मको खेल ,
गर्छन् कति जालझेल  ।

३.कुरा काट्नेले काटिरहन्छन् ,
बुझ्नेले पाईला चालिरहन्छन्  ।

४.पिडाले मन अति नै रुन्छ,
भारी बिसाउने चौतारी कहाँ हुन्छ ।

५. सत्य कुरा पहिल्याउनु पर्छ ,
असत्यलाई पाखा लगाउनुपर्छ  ।

६.संसारमा राम्रो गर्ने मन सबैको हुन्छ,
भन्नु भन्दा अगावै धेरै सोच्नुपर्छ  ।

७. भाग्यमा लेखेको कसैलाई थाहा हुदैन ,
राम्रो गर्नु सबैलाई नराम्रो त नैतिकताले दिदैन  ।

८. उद्देश्य लिएर अगाडि बढ्नुपर्छ ,
संघर्ष गरी लक्ष्य मा पुग्नुपर्छ  ।

९ . चरी जसरी उड्न पखेटा हुदैनन् ,
आफ्नाले नै दु:खमा साथ दिदैनन् l

१०. डाहा ईर्ष्या रिसराग गर्नुहुदैन ,
नमिठो बोलिले कसैलाई पनि घोच्नुहुदैन ।

🌹रिता खराल , रुपन्देही 🌹


सम्बन्धित शीर्षकहरु

बझाङ प्रदेशसभा-१ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी निर्वाचित भएका छन्। नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै भण्डारी विजयी…

उम्म फाहदको नामले चिनिने इराकी सोशल मिडिया स्टार गुफ्रान सवादीको गोली हानी हत्या गरिएको छ । उनलाई इराकको राजधानी बगदादमा…

केन्यामा घनघोर वर्षा र वर्षापछि आएको बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ भने बाढीबाट लाखाैं प्रभावित भएका छन्…

प्रतिकृयाहरू
...