Tuesday 13th October 2026

रिता खरालको झरना – २


“झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म”
झरना = १० झर

१. बाहिर आशा देखाउछन् ,
भित्र षड्यन्त्र रचाउछन्  ।

२. भाग्य र कर्मको खेल ,
गर्छन् कति जालझेल  ।

३.कुरा काट्नेले काटिरहन्छन् ,
बुझ्नेले पाईला चालिरहन्छन्  ।

४.पिडाले मन अति नै रुन्छ,
भारी बिसाउने चौतारी कहाँ हुन्छ ।

५. सत्य कुरा पहिल्याउनु पर्छ ,
असत्यलाई पाखा लगाउनुपर्छ  ।

६.संसारमा राम्रो गर्ने मन सबैको हुन्छ,
भन्नु भन्दा अगावै धेरै सोच्नुपर्छ  ।

७. भाग्यमा लेखेको कसैलाई थाहा हुदैन ,
राम्रो गर्नु सबैलाई नराम्रो त नैतिकताले दिदैन  ।

८. उद्देश्य लिएर अगाडि बढ्नुपर्छ ,
संघर्ष गरी लक्ष्य मा पुग्नुपर्छ  ।

९ . चरी जसरी उड्न पखेटा हुदैनन् ,
आफ्नाले नै दु:खमा साथ दिदैनन् l

१०. डाहा ईर्ष्या रिसराग गर्नुहुदैन ,
नमिठो बोलिले कसैलाई पनि घोच्नुहुदैन ।

🌹रिता खराल , रुपन्देही 🌹


सम्बन्धित शीर्षकहरु

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

अजरबैजान सरकारले विद्यालयमा धर्मनिरपेक्ष पोसाक नियम लागू गर्दै हिजाब लगाउन अप्रत्यक्ष रूपमा रोक लगाएपछि देशभर विरोध प्रदर्शन सुरु भएका छन्।…

यमनका हुथी विद्रोहीहरूको लगातार ड्रोन तथा मिसाइल आक्रमणपछि साउदी अरेबियाले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन हाल केहि समयका लागि…

प्रतिकृयाहरू
...