Wednesday 15th May 2024

नेपाली काव्यमा ‘शीत’ कसरी लेख्ने ?


-पुष्कर अथक रेग्मी
* शीत : कविता विधाको लघुतम उपविधा
* परिकल्पना : पुष्कर अथक रेग्मी
* परिकल्पना मिति : २०७८/०३/०७
* शीतको शाव्दिक अर्थ : नेपाली शव्दकोष अनुसार – जमिन,रूख,पात आदिमा पर्ने पानीको ससानो थोप्ला,ओस वा ठन्डीको अवस्था वा अनुभव; जाडो चिसो ।

* परिभाषा : शीत काव्यलाई यसरी परिभाषित गर्न सकिन्छ –
” काव्य विधाभित्र दुई गुणे चार पङ्ति आठ अक्षरको चतुष्पदीय स्वरूपमा संरचित उपविधानै शीत हो ।” वा

” चतुष्पदीय मुक्तकीय प्रभेदभित्रको लघुतम आठ अक्षरीय काव्यनै शीत हो ।”

* शीतका सिद्धान्त /सूत्र/प्रकार: शीतलाई निम्न सिद्धान्त /सूत्र / प्रकारले लेख्न सकिन्छ –

१. चारवटै अनुप्रास मिलेका शीत
आयो
गायो
पायो
खायो
मनबहादुर खत्री (गुल्मी)

२. पहिलो र दोस्रो अनुप्रास मिलेका शीत
अंश सुझ
वंश बुझ
माया बिना
लाग्यो मुद्दा
घनश्याम रेग्मी (नेपालगन्ज) रोहित ज्ञवाली (पाल्पा )

३. पहिलो र तेस्रो अनुप्रास मिलेका शीत
कुरा
काटे
छुरा
चल्छ
इन्दिरा गौतम (आसाम,भारत)

४. पहिलो र चौथो अनुप्रास मिलेका शीत
हिजो
आज
लाग्छ
झिजो
दामोदर ढकाल ‘दीपक ‘ (काठमाडौं )

५. दोस्रो र चौथो अनुप्रास मिलेको शीत
आयो आँखा मेरो
गयो सन्के धन
खेला आगो सुखी
भयो दन्के मन
टंक प्रसाद पन्त दीर्घबहादुर चन्द गंभीर रायमाझी
(पाल्पा) (महेन्द्रनगर) (पाल्पा )

६. तेस्रो र चौथो अनुप्रास मिलेको शीत
डाँडा
पारी
तन
मन
गीता भट्टराई (स्याङ्जा)

७. दोस्रो र तेस्रो अनुप्रास मिलेको शीत
प्रेम
जालो
कालो
मन
मधुसूदन पोखरेल (गुल्मी)

८. पहिलो दोस्रो र चौथो अनुप्रास मिलेको शीत
गाउँ
ठाउँ
प्यारो
नाउँ
गंगा खड्का (काठमाडौ)

९. पहिलो तेस्रो र चौथो अनुप्रास मिलेको शीत
शीत
मीठो
गीत
प्रीत
चीत्रवलीराम सुवाल (पाल्पा)

१०. पहिलो दोस्रो र तेस्रो अनुप्रास मिलेका शीत
गीत
रीत
प्रीत
सधैं
सुरेशचन्द्र घिमिरे (तनहुँ)

११. दोस्रो तेस्रो र चौथो अनुप्रास मिलेको शीत
छैन
मोज
रोज
भोज
इन्दिरा ज्ञवाली(पाल्पा)

१२. पहिलो- दोस्रो र तेस्रो – चौथोको अलग अलग अनुप्रास मिलेको शीत
धायौं
आयौं
पाएँ
लाएँ
चन्द्रावती अधिकारी (कोहलपुर)

१३. पहिलो – तेस्रो र दोस्रो – चौथोको अलग अलग अनुप्रास मिलेको शीत
चिसो
शीत
मिठो
गीत
बिनोद नेपाल (काठमाडौं)

१४. छन्दमा लेखिएको शीत
शीत
पात
मीत
बात
सीता बिष्ट कार्की ‘ सीबिका ‘ (काठमाडौं)
यो सारू ( SI ) छन्दमा रहेको छ । शीत मही,मधु र गुरु छन्दमा पनि लेख्न सकिन्छ ।

१५.एकाक्षरी अनुप्रास मिलेको शीत
लायो
कलि
आज
भोलि
* कलि र भोलिमा एकाक्षरी अनुप्रास ‘ इ ‘ रहेको छ ।
कमल भट्टराई (पाल्पा)

१६. अनुप्राश नमिलेका शीत
शीत
टिपी
घैला
भरौं

मन
मेरो
रून्छ
हेर

नेता
मात्र
जाय
जेथा
ऋषवदेव घिमिरे पशुपति प्रधान धनीश्वर बस्याल
(काठमाडौं) (पाल्पा) (पाल्पा)

१७.अन्तिम शव्द दोहरिएको शीत
शीत
लेखौ
लघु
काव्य

काव्य
विधा
नाैलो
कवि

कवि
मान्छे
हाम्रो
जुनी

जुनी
रैछ
थोपा
शीत
पुष्कर अथक रेग्मी (पाल्पा)

१८. … अरू पनि हुन सक्छन् । खोज्दै थप्दै लेख्दै जाऔं ।

शीत लेखौ अभ्यास गरौं
” नेपाली लघुकाव्यको श्रीवृद्धिमा नवीन योगदान गरौं ”

श्रीनगर पाल्पा
२०७८/०३/१०


सम्बन्धित शीर्षकहरु

सुस्तरी मनमा पसेर गयो मायाको डोरी कसेर गयो । चोखो माया दिएकी थिए निष्ठुरी बनी डसेर गयो । दिलभित्र लुकाइ…

कर्नाटकको बिजापुरमा एउटा मञ्चमा सातवटा पङ्क्तिहरू छन्। पहिलो चार लाइनमा एघार, पाँचौं पङ्क्तिमा पाँच र छैठौं र सातौं लाइनमा सात।…

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम संघीय संसद्को दुवै सदनमा पेश गरिरहेका छन् । राष्ट्पति…

प्रतिकृयाहरू
...