Monday 29th April 2024

रामराजा के.सी. को तीन पञ्चाङ्ग


“पाँच तत्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”

पञ्चाङ्ग ३ (तीन)


ढुकुटी मात्र आफैले आफ्नो भरायो यहाँ
दिन्छु मैले अरुलाई भन्दै करायो यहाँ
दिउँसै बत्ती लिएर खोज्दा पनि
सूर्य नै पनि धमिलो भई हरायो यहाँ
अरुकै हातमा मातृभूमि गरायो यहाँ ।


के होला यो बेला देशको कुरा गरिन भने
शान्तिको लागि नि घर्घर बीउ छरिन भने
दूध र नौ महिना कोखमा राखेको बिर्सिएर
आमा बेच्नेहरू म देखुँला नि मरिन भने
बचाउँला संसारबाट अन्त सरिन भने


बिर्सिजाने कस्तो माया लाएको मैले
साँचो ठान्या रहेछु कसम खाएको मैले
धेरै तन्काए चुँडिन्छ भन्थे रबर पनि
छिनेर जान सक्ने नाता पाएको मैले
सयौं जुनिसम्मको साथ चाहेको मैले

रामराजा के.सी., फर्पिङ, काठमाडोँ ।


सम्बन्धित शीर्षकहरु

बझाङ प्रदेशसभा-१ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी निर्वाचित भएका छन्। नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै भण्डारी विजयी…

उम्म फाहदको नामले चिनिने इराकी सोशल मिडिया स्टार गुफ्रान सवादीको गोली हानी हत्या गरिएको छ । उनलाई इराकको राजधानी बगदादमा…

केन्यामा घनघोर वर्षा र वर्षापछि आएको बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ भने बाढीबाट लाखाैं प्रभावित भएका छन्…

प्रतिकृयाहरू
...