Tuesday 13th October 2026

दुर्गा भट्टराईको झरना – १


“झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म”

१.
झमझम बर्सियो पानी असार मासमा
नसोचेको विपत्ति आइपर्यो बसेको बासमा ।

२.
प्रकृति दोहन गरि बास बनाए
बाढी पहिरोले सबै सपना बगाए ।

३.
सुन्दर बस्ती मनोरम शान्त शहर
निमेष मै भयो सारा अप्त्यारिलो बगर ।

४.
जिन्दगीभर साँचेका ती सुनौला सपना
उडायो हुरीले बनायो मात्र सम्झना ।

५.
अब सोच विचारमा लाग्न जरुरी छ अति
प्रकृति नजोगाए पून दोहोरीने छ बिपत्ति ।

६.
थियो त्यो सुन्दर संसार स्वर्ग समान
संरचना नयाँ पुराना कुनै पनि रहेन ।

७.
गरौंला कति भन्ने थियो ठुलो सपना
चकनाचुर भयो आज निमेषमै बिपना।

८.
जीवन भरि साँचेका बिलाए सपना
बस्नु छ बिपतका आँसु पिउदै मनमा ।

९.
सबैले माया गरौं है प्रकृतिको
खेप्नु पर्ने छैन कदापि बिपत्तिको।

१०.
नत पैसा नत छ बस्ने बास
के खाने के लाउने भयो सधैं त्रास ।

-दुर्गा भट्टराई
मोरङ


सम्बन्धित शीर्षकहरु

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

अजरबैजान सरकारले विद्यालयमा धर्मनिरपेक्ष पोसाक नियम लागू गर्दै हिजाब लगाउन अप्रत्यक्ष रूपमा रोक लगाएपछि देशभर विरोध प्रदर्शन सुरु भएका छन्।…

यमनका हुथी विद्रोहीहरूको लगातार ड्रोन तथा मिसाइल आक्रमणपछि साउदी अरेबियाले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन हाल केहि समयका लागि…

प्रतिकृयाहरू
...