Tuesday 13th October 2026

इन्दिरा देवकोटाको झरना – १


“झरदेखि झरनासम्म, हाम्रो यात्रा सागरसम्म”

झरना

(१ )
आउन सक्छ वर्षा अविरल फेरी
खोस्न सक्छ खुसी रति भर नहेरी ।

(२)
खस्न सक्छ पहाड नदी होला बन्द
विकराल रूप लिन्छ मन्द मन्द ।

(३)
दिन रात सधै सजग बन्नु राम्रो
भलाई त्यसैमा हुन्छ सधै हाम्रो ।

( ४ )
जति जति प्रकृतिको दोहोन हामी गर्छौ
पटक पटक विपत्तिको कारण हामी मर्छौ ।

( ५ )
नखनौ चुरे सम्पत्ति हो हाम्रो
प्राकृतिक निंधि जोगाएको राम्रो ।

(६)
जल मग्न छ मेरो भूमि कोशी छेकेर
थाम्नु कसरी यो मन अन्याय देखेर ।

( ७ )
छेपारो जस्तो रंग फेरि फेरी
रूवाउँछ छिमेकी अवसर हेरि हेरी ।

(८ )
बेचियो नारायणी कोशी र कर्णाली पनि
बेचिंदै छ चुरे हाम्रो घाटा पूर्ति गर्न भनि ।

( ९ )
नदीको बाटो छेकेर महल बने पछि
खोज्छ आफ्नो ठाउँ वस्ति भित्र खसि ।

( १० )
चुनावको बेलामी गाउँ गाउँ नेता
विपदको बेलामा कोही फर्केनन् यता ।

इन्दिरा देवकोटा
कपिलवस्तु न .पा .३
कपिलवस्तु


सम्बन्धित शीर्षकहरु

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

अजरबैजान सरकारले विद्यालयमा धर्मनिरपेक्ष पोसाक नियम लागू गर्दै हिजाब लगाउन अप्रत्यक्ष रूपमा रोक लगाएपछि देशभर विरोध प्रदर्शन सुरु भएका छन्।…

यमनका हुथी विद्रोहीहरूको लगातार ड्रोन तथा मिसाइल आक्रमणपछि साउदी अरेबियाले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन हाल केहि समयका लागि…

प्रतिकृयाहरू
...